बिर्तामोड। झापाको बिर्तामोडमा लुङ्मा क्याफे एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ।
बिर्तामोड पश्चिम बसस्टेण्डमा सन्दीप शेर्मा, चन्द्र रानामगर लाफा, टीका लिम्बूले लुङ्मा क्याफे एण्ड रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन्।
लुङ्मा क्याफे एण्ड रेष्टुरेण्टको उद्घाटन चिल्ड्रेन इन्भारोमेन्ट स्कुलका विद्यार्थीहरूले गरेका थिए।
लुङ्मा क्याफे एण्ड रेष्टुरेण्टमा खानेकुरा र पेय पदार्थका सम्पूर्ण सामग्री सरल मूल्यमा उपलब्ध हुने सञ्चालक सन्दीप शेर्माले बताए।
विशेष गरेर शुक्रबार र शनिबार लिम्बू परिकारका खानेकुराहरू उपलब्ध हुने उनले बताए।
अर्का सञ्चालक चन्द्र रानामगर लाफाले आगामी २७ गतेसम्म उद्घाटन अबसर रहने र उद्घाटनको अबसरमा ग्राहकलाई १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताए ।
उद्घाटनको अबसरमा शुक्रबार र शनिबार बेलुका सांगीतिक कार्यक्रम समेत रहेको अर्का सञ्चालक टीका लिम्बूको भनाई छ । लुङ्मा क्याफे एण्ड रेष्टुरेण्टमा उद्घाटन देखिनै ग्राहकको भीड लागेको र त्यहाँ आउने ग्राहकले लुङ्मा क्याफे एण्ड रेष्टुरेण्टको सेवाबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन्।




















