बिर्तामोड। पूर्वीय दर्शन प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय बिर्तामोड झापा नेपालको आयोजनामा पूर्वीय दर्शन अन्तर्गत सनातन संस्कृतिका व्रतपर्वादिमा अनुभूत द्विविधा निराकरण विषयक शास्त्रीय कार्यपत्र प्रस्तुत कार्यक्रम सम्पन्न भएको छ।
पूर्वीय दर्शन प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद खनालको अध्यक्षता तथा शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशालाका आचार्य लक्ष्मीप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सहसचिव दीपेन्द्रप्रसाद दहालले स्वागत गरेका थिए।
स्वस्तीवाचन, व्यासको तस्विरमा माल्यार्पण गरी शुरू गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रप्रसाद खनालले औचित्यमाथि प्रकाश पार्दै पूर्वीय दर्शनमा आधारित सनातन संस्कृतिका व्रतपर्वादिमा द्विविधा भएको र  त्यसको निराकरणका लागि कार्यक्रमको आयोजना गरिएको बताए।
कार्यक्रममा साङ्गवेद संस्कृत मावि विवेकाश्रमका आचार्य छन्दुराम भण्डारीले स्मार्तहरूको तर्फबाट शास्त्रमा आधारित रहेर    पूर्वीय दर्शन अन्तर्गत सनातन संस्कृतिका व्रतपर्वादिमा अनुभूत द्विविधा निराकरण   विषयक शास्त्रीय कार्यपत्र प्रस्तुत गरेका थिए भने  श्रीवैश्णव सेवा परिषद नेपाल झापाका अध्यक्ष कृष्णप्रसाद मिश्रले धारणा मात्र राखेका थिए।
कार्यक्रममा पञ्चाङ्गमा   पूर्वीय दर्शन अन्तर्गत सनातन संस्कृतिका व्रतपर्वादिमा अनुभूत द्विविधा निराकरण  बारेमा हिमाल पञ्चाङ्ग वारणशीका डा. विश्वनाथ त्रिपाठीले लेखेको कार्यपत्र संस्थाका सचिव रामकृष्ण ढकालले बाचन गरेका थिए।
कार्यक्रममा धरान पिण्डेश्वर संस्कृत विद्यालयका उपप्राध्यापक दिपक पराजुली ,साङ्गवेद संस्कृत मावि विवेकाश्रमका संस्थापक विष्णुभक्त भण्डारी , हेमराज अधिकारीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामकृष्ण ढकालले गरेका थिए।