बिर्तामोड। नेवा: खल : झापाको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन्। झापाका सात वटा नेवा: खल: हरूको भेलाले नेवा: पासा मुना पुच: बिर्तामोड नगर अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा नेवा: खल: झापा तदर्थ समिति गठन गरिएको हो ।
नेवार समुदायको सांस्कृतिक कार्यक्रम सामुहिकरूपमा मनाउन नेवा: खल: झापाको गठन गरिएको अध्यक्ष दिनेश श्रेष्ठले बताए।
उनले झापाका नेवा: खल : हरू मिलेर यसअघि नेवा सांस्कृतिक कार्यक्रम र सामूहिक लाखे नाच कार्यक्रम समेत गरिएको बताए।
नवगठित समितिका सदस्यहरूमा कमल गुभाजू, रेजिना श्रेष्ठ, उषा श्रेष्ठ, प्रह्लाद श्रेष्ठ, लक्ष्मण श्रेष्ठ,राजकुमार श्रेष्ठ, कमल श्रेष्ठ, प्रविन शाक्य, तारादेवी श्रेष्ठ, अरुणकुमार श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, जीतबहादुर श्रेष्ठ, खड्ग श्रेष्ठ, सचिनराज खड्गी रहेका छन्।
झिगु नेवा: खल:  धुलाबारीका अध्यक्ष जीवनकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रकुमार श्रेष्ठले गरेका थिए।