बिर्तामोड। झापा बिर्तामोडकी युगश्री मिश्र यतिबेला चर्चित छिन्।
देशको आमूल परिवर्तन गर्न उदाएको जेनजी पुस्ताको आवाज बुलन्द गर्दै बिर्तामोडकी युगश्री मिश्र आफ्नो आवाजमा रहेको अनुरोध गीतको म्युजिक भिडियोका कारण चर्चित बनेकी हुन्।
आफ्ना बुबा कृष्णप्रसाद मिश्रको शब्द सिर्जना, बिषम आचार्यको संगीतमा स्वर दिएकी युगश्रीको जादुमय स्वरले गीतलाई न्याय दिलाउन सफल भएको छ।
सरगम संगीतालयमा संगीत सिकीरहेकी उनको पहिलो गीतले दर्शक तथा श्रोताको मन जितिरहेको छ।
यस्तै युगश्री मिश्रको आवाजमा रहेको अनुरोध गीतको म्युजिक भिडियोले पनि दर्शक तथा श्रोताको मन जितिरहेको छ। गीतको म्युजिक भिडियोमा युगश्री मिश्र, सन्ध्या खतिवडा, तुलसीप्रसाद भट्टराई, कुमार कडरिया, राममाया उप्रेती, सपना थापा, अनुजा कडरिया, अनुकूल पौडेल, दुर्गा सिग्देल,टिका खड्का,शेखर पौडेल, राजन बराल, कृष्ण खतिवडा, अरुण महतो , निश्चल ढुंगाना, यसोदा निरौला, रिदम बराल, पंकज मिश्र, अरूण माझी र साथीहरूको अभिनय रहेको छ।
दीपक रायमाझीको निर्देशन, रोहित लामगादेको कोरियोग्राफी,पदम तामाङको सृगार, संगीत संयोजन बिषम आचार्यको रहेको छ ।
म्युजिक भिडियोको सम्पादन सुवास लिम्बूले गरेका छन् भने रेकर्डिङ पंकज स्टुडियोमा गरिएको छ ।
यसैबीच संविधान दिवसको अवसर पारेर युगश्री मिश्रको अनुरोध गीतको म्युजिक भिडियोको विमोचन गरिएको छ।
गीतकार तथा सरगम संगीतालयका सल्लाहकार कृष्णप्रसाद मिश्रको अध्यक्षता तथा गीतकार टीका भट्टराई नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सरगम संगीतालयका संस्थापक दिपक रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी नेपाल, साहित्यकार तथा कलाकार तुलसीप्रसाद भट्टराईले गीतले यतिबेलाको समसामयिक विषयवस्तुलाई उठान गरेको बताउँदै अब पनि जेनजी पुस्ताले उठाएको आवाजलाई अवमूल्यन गरे देशको स्थिति भयावह हुने जनाए।
कार्यक्रममा गीतकार तथा सरगम संगीतालयका सल्लाहकार कृष्णप्रसाद मिश्रले देशको समसामयिक विषयवस्तुलाई उठान गरेर आजभन्दा दुई बर्ष अघि यो गीत लेखेको बताउँदै उनले अहिले जेनजी पुस्ताले उठाएको आवाज पनि उस्तै रहेकाले यो अवस्था हटाउन आफ्ना अभिभावकलाई सचेत गराउनु पर्ने जनाए ।
कार्यक्रमको सञ्चालन सरगम संगीतालयका अभिभावक लिलानाथ खत्री खतिवडाले गरेका थिए।
गीत र गीतको म्युजिक भिडियोलाई युगश्री अफिसियल यूट्युव च्यानलबाट हेर्न सकिन्छ। गीतको लिंक यस्तो छ।https://youtu.be/zQAIcv8SpvA?si=bu2Pw_fOxlMOWjW2




















