बिर्तामोडजनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ४ झापाको अध्यक्षमा पुन: हिमालयप्रकाश कन्दङ्वा चयन भएका छन् ।
संस्थाको  ११ औं बार्षिक साधारण सभाले कन्दङ्वाको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको हो।
नवगठित समितिको उपाध्यक्ष विष्णुप्रसाद योङहाङ, सचिव मणिराज दङ्गाल र सदस्यहरू शंकरप्रसाद सेढाई, भूमादेवि घिमिरे,  टंकीनाथ योङहाङ,दीपा भण्डारी रहेका छन्।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामचन्द्र घिमिरे र सदस्यहरूमा  गणेशबहादुर लिङ्दम  र जमुना बस्नेत रहेका छन्। 
झापा जिल्ला सहकारी संघका सचिव तथा हाम्रो नेपाल साकोसका अध्यक्ष भवानीप्रसाद दङ्गाल संयोजक र मनोहरी निरौला, मनकुमार योङ्या सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिष्णुप्रसाद योङहाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष कन्दङ्वाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाको शेयर सदस्य ५ हजार ८ सय ४ जना, शेयर पूॅजी २ करोड ९० लाख ६२ हजार ३ सय, निक्षेप १४ करोड १४ लाख ५६ हजार १७ रूपैया २८ पैसा, लगानीमा रहेको रकम १३ करोड ६० लाख ४८ हजार ४५ रूपैयां ९६ पैसा, आम्दानी २ करोड ६६ लाख ९५ हजार ५ सय ८७ रूपैयाँ ७८ पैसा, खर्च २ करोड ६६ लाख ३२ हजार ५ सय ८० रूपैयाॅ  ६ पैसा , नाफा ६३ हजार ७ रूपैयाँ र कारोबार २३ करोड ५ लाख ६५ हजार ७ सय ९६ रूपैयाँ ६८ पैसा र वासलात १९ करोड ९७ लाख ६१ हजार १ सय ३३ रूपैयाँ ५१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा उत्कृष्ट ऋण असुली गर्ने कर्मचारी मिना राई, उत्कृष्ट बचत वृद्धि गर्ने कर्मचारी सितादेबी खत्री , उत्कृष्ट कर्मचारी साधना जवेगू ,  उत्कृष्ट सेवाकेन्द्र प्रमुख कौशीला थपलिया, र बर्ष उत्कृष्ट सेवाकेन्द्र सुरूङ्गा सेवाकेन्द्रलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका सहसचिव तथा कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ, झापा जिल्ला सहकारी संघका सचिव तथा हाम्रो नेपाल साकोसका अध्यक्ष भवानीप्रसाद दङ्गाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक रामचन्द्र घिमिरे र ऋण उपसमितिको प्रतिवेदन संयोजक विष्णुप्रसाद योङहाङले प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव मणिराज दङ्गालले गरेको व्यवस्थापक डिल्लीराम न्यौपानेले जानकारी दिए।