बिर्तामोड । कङ्गारु एजुकेशन फाउण्डेशन बिर्तामोड शाखाले जेनजी प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरी क्षतिग्रस्त बनाएको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन पुनः निर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
  उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको कङ्गारु एजुकेशन फाउण्डेशनले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि एक लाख ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको कङ्गारु एजुकेशन फाउण्डेशनका रिजनल एसोशिएट डाइरेक्टर रोशन शाहले जानकारी दिए ।
उनले प्रहरी नहुँदा पछिल्लो समय बिर्तामोडमा आपराधिक गतिविधि बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्न बिर्तामोडमा प्रहरीको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गर्ने घोषणा गरेको जानकारी दिए ।
कङ्गारु एजुकेशन फाउण्डेशनले विगत वर्ष पनि बिभिन्न सहयोग गर्दै आएको बताउँदै उनले यस बर्ष जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि उक्त रकम प्रदान गरिने जनाए। आफूहरूले केही दिनमा नै पुन:निर्माणमा खटिने समितिलाई उक्त रकम प्रदान गर्ने उनले बताए।
कार्यक्रममा कङ्गारु एजुकेशन फाउण्डेशनका जेनेरल मेनेजर गोविन्द श्रेष्ठ, अपरेशन मेनेजर ईश्वर पोखरेल, पब्लिक रिलेशन अफिसर पुष्पलाल धमला लगायतले अस्ट्रेलिया, युके, युएसए , क्यानडा, डेनमार्क, न्युजिल्यान्डलगायतका दैशमा कङ्गारु एजुकेशन फाउण्डेशनले उच्च शिक्षा अध्ययनका लागी बिद्यार्थीहरुलाई शैक्षिक परामर्शसहित पठाउँदै आएको बताएका थिए।
  आशन्न बिजया दशमी, शुभदीपावली, छठ लगायतका पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रमको सञ्चालन बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।