बिर्तामोडझापा जिल्ला खेलकुद  बिकास समितीको आयोजनामा एक कार्यक्रमका बीच प्रदेश खेलकुद बिकास बोर्ड  कोशी प्रदेशको स्थापना दिवस मनाइएको छ  ।
    स्थापना दिवसमा अन्तरक्रिया , सरसफाई तथा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।
  झापा जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगा भूर्तेल कोईरालाले स्वागत गरेकी थिइन्।
   कार्यक्रममा  समितिका सदस्य चेतामणी खनाल, प्रवक्ता जगन कार्की दुर्वासा, झापा जिल्ला टेवल टेनिस संघका अध्यक्ष सन्तोष अग्रवाल, कर्मचारी संघका अध्यक्ष बद्री बिष्ट ,  बरिष्ठ कराँते प्रशिक्षक कालु मेचे,  निवर्तमान  वरिष्ठ कराँते प्रशिक्षक मदन उप्रेती, गोपाल यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन झापा जिल्ला खेलकुद  बिकास समितीका कार्यालय सचिव विष्णु नेम्बाङले गरेका थिए।