बिर्तामोड। अनारमनी सोसियल युथ क्लब बिर्तामोड झापाको आयोजनामा चौथो बिर्तामोड रनको तयारी गरिएको छ ।
  सिलिकन एजुकेशन नेटवर्क मुख्य प्रायोजक रहेको चौथो बिर्तामोड रनको तयारी गरिएको  अनारमनी सोसियल युथ क्लब बिर्तामोड झापाका अध्यक्ष राज मुखियाले बताए।
उनले बिर्तामोड नगरपालिका संरक्षक, मेची आँखा अस्पतालसहित अन्य बिभिन्न सामाजिक संघसंस्थाहरुको  सहयोग समेत रहने बताए।
स्वास्थ्यका लागी खेलकुद, लैङ्गिक समानता, लागूऔषधमुक्त बिर्तामोडका लागी हामी एकजुट भन्ने मुल नाराका साथ आगामी कात्तिक १ गते सैनिक बजारबाट बिर्तामोड रन शुरू हुने कार्यक्रम संयोजक संजय पौड्यालले बताए।
बिर्तामोड रन सैनिक बजार, ठूटेबर, बिराट पोखरी हुॅदै बिर्तामोड नगरपालिकामा समापन गरिने उनले बताए।
बिर्तामोड रनमा सहभागीमध्ये कोही दुर्घटनामा परे हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट १ लाख सम्मको दुर्घटना बीमा गरिने उनले बताए।
बिर्तामोड रनको बिजेता महिला पुरुषलाई जनही नगद २५ हजार  , द्वितिय महिला पुरुषलाई जनही १५  हजार र तृतिय महिला पुरुषलाई जनही १० हजार उपलब्ध गराईने, रजीष्ट्रेसन गर्ने १ सय सहभागीलाई जर्सी  निशुल्क र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने उनले बताए।

अनारमनी सोसियल युथ क्लब बिर्तामोड झापाका सचिव रूपेश तिम्सिनाले
हालसम्म अनलाइन १ सय जनाले रजीष्ट्रेसन गरेको र अन्यले समेत रजीष्ट्रेसन गरिरहेको जनाए।
आगामी बिहीबारसम्म रजीष्ट्रेसन खुल्ला गरिएको उनले बताए।
बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले बिर्तामोड रनको सफलताको शुभकामना दिएका थिए।