बिर्तामोड । झापाको दमक–५ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा अन्तर्गतको  इकाइगत साधारण सभा बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड सेवाकेन्द्रका शेयरसदस्यहरुको सहभागितामा भएको साधारण सभा संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । 

कार्यक्रममा संस्थाका अध्यक्ष खरेलले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको शेयर पुँजी ४ करोड ५५ लाख २ हजार ३ सय, कूल निक्षेप २८ करोड २३ लाख ७५ हजार ९७ रुपैयाँ ४६ पैसा, कर्जा लगानी तथा सापटी ३२ करोड ६६ लाख ४३ हजार ४ सय २२ रुपैयाँ  ३५ पैसा र सञ्चालक मुनाफा ३१ लाख ५८ हजार ९१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै बिर्तामोड सेवाकेन्द्रको संस्थाको शेयर पुँजी ३९ लाख ५८ हजार १ सय, कूल निक्षेप १ करोड ६६ लाख ८३ हजार ६ सय ६९ रुपैयाँ , कर्जा लगानी २ करोड १५ लाख ५४ हजार ६५ रुपैयाँ  र कारोबार २ करोड ८९ लाख ११ हजार ६ सय २२ रुपैयाँ रहेको अध्यक्ष खरेलले बताए । 

संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक ताराप्रसाद अधिकारीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि न्यौपाने र  बिर्तामोड सेवाकेन्द्र सञ्चालन उपसमिति संयोजक सबिन कार्कीलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा शेयर सदस्यमध्ये उत्कृष्ट बचतकर्ता राजेन्द्रप्रसाद पौडेल (राज ), श्यामबहादुर तामाङ, असल ऋण परिचालनतर्फ बिष्णुप्रसाद घिमिरे, सुबोध चौधरी र बाल बचततर्फ आर्य खड्कालाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

संस्थाका लेखा समिति सदस्य एकराज प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण व्यवस्थापक युवराज सिग्देलले गरेको सह व्यवस्थापक धर्मानन्द भट्टराईले जानकारी दिए ।