बिर्तामोड। विराट अर्जुन उपभोक्ता सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष नवीन खरेलको अध्यक्षता तथा झापा जिल्ला सहकारी संस्थाकी उपाध्यक्ष देवी निरौला बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपेश प्रसाईंले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष नवीन खरेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाको शेयर सदस्य एक हजार ५ सय ५९ जना, शेयर पूँजी ९४ लाख ६६ हजार २ सय, निक्षेप २ करोड ५४ लाख ६६ हजार ४ सय ७२ रूपैयाँ १४ पैसा, कर्जा लगानी २ करोड ७१ लाख ७४ हजार ६ सय १६ रूपैयाँ , कारोबार ३ करोड ८९ लाख ६० हजार ९ सय ४७ रूपैयाँ २६ पैसा
रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक माणिकलाल राजवंशीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कर्जा उपसमितिका संयोजक दिपेश प्रसाईंले कर्जा उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव लक्ष्मीप्रसाद खरेलले शेयर सदस्यहरूमा अनुरोधसहित धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी बस्नेत, प्रथम आईटी सिस्टमका प्रबन्ध निर्देशक भूपेन्द्र मैनालीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी र अन्य अतिथिहरूलाई मायाको चिनोको रूपमा पुस्तक बितरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव लक्ष्मीप्रसाद खरेलले गरेका थिए।




















