बिर्तामोड। चाहना समूह बिर्तामोडले इको म्युजिक फेस्टको आयोजना गरेको छ।
लागूपदार्थ दुर्व्यसनमा फसेका युवालाई सुधारकेन्द्रमा पुनःस्थापित गर्ने उद्देश्यले आगामी कात्तिक ११ गते मंगलदीप एकता टोलको खाली चौरमा कार्यक्रमको आयोजना गरेको चाहना समूह बिर्तामोडका उपाध्यक्ष तथा कार्यक्रम संयोजक जीवन भण्डारीले बताए।
कार्यक्रममा नेपालको ख्यातिप्राप्त ब्याण्डहरूको प्रस्तुतीसहित बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने संस्थाका सल्लाहकार मदन राईले बताए।
चाहना समूहले ईभ इनसंग सहकार्य गरेर कार्यक्रम आयोजना गरेको ईभ इनका विशाल अग्रवालले बताए।
उक्त दिन समाजमा योगदान पुर्याउनेलाई सम्मान समेत गरिने चाहना समूहका अध्यक्ष रोजित गुरुङले बताए।




















