बिर्तामोड। नेवा : देय दबू बिर्तामोड नगर समितिले नेपाल संवत् ११४६ लाई स्वागत गर्दै आयोजना गरेको न्हू दॅया भिन्तुना नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
नेवा : देय दबू बिर्तामोड नगर समिति अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष जङ्गबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा कोशी प्रदेश निवर्तमान अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठ, कोशी प्रदेश उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, आदीवासी जनजाती महासंघ बिर्तामोड अध्यक्ष दीपेन्द्र चौधरीलगायतले नेपाल संवत् ११४६ लाई कानूनी मान्यता दिएर लागू गर्न आग्रह गरेका थिए।
नेवा : देय दबू बिर्तामोड नगर समिति अन्तर्गत सबै वडासमितिको सह आयोजनामा भएको कार्यक्रमको सञ्चालन सचिव दिलिप प्रधानले गरेका थिए।
कार्यक्रम पछी आयोजित र्यालीले बिर्तामोड नगर परिक्रमा गरेको नेवा: मिशा दबूकी झापा अध्यक्ष तीलरूपा श्रेष्ठले जानकारी दिइन्।




















