बिर्तामोडनेवा: पासा मुना पुच :  बिर्तामोडको आयोजनामा नेपाल संवत् ११४६ न्हू दॅया भिन्तुना नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
बिर्तामोड वडा नं ४ स्थित नेवा: छे मा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
नेपाल  सम्वतलाई नेपाल सरकारले राष्ट्रिय संवतको  रूपमा २०६९ सालमा मान्यता दिएको र त्यसको खुशीयालीमा नेवार समुदायले नेपाल संवत् न्हू दॅया भिन्तुना नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम गर्न थालेको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए। नेपाल संवतको सुरुवात राष्ट्रिय विभूती शंखधर साख्वले   गरेको बताउँदै उनले नेपाल  सम्वतलाई कानूनी मान्यता दिएर लागू गर्न सबैलाई आग्रह समेत गरे।
कार्यक्रम संयोजक तारामणि श्रेष्ठले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा नेवा: छे भवनका जग्गादाता श्यामकुमार ताम्राकार, बिर्तामोड उधोग वाणिज्य संघ महिला उपाध्यक्ष गोमादेवी भट्टराई , बिर्तामोड साना शहरी  खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोलालगायतले शुभकामना मन्तव्य राख्दै नेपाल संवत्  ११४६ को शुभकामना दिएका थिए।
शुभकामना आदानप्रदान पश्चात नेवा:छे भवनबाट शुरू गरिएको धिमे बाजा सहितको लाखे नाचले बिर्तामोड नगर परिक्रमा गरेको थियो । कार्यक्रमको संचालन संस्थाका  सचिव मिलन शाक्यले गरेका थिए।