बिर्तामोड। श्री छठ समाज सेवा समिती बिर्तामोडले  झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपूरस्थित विरिङ खोलामा छठ पूजाको तयारी गरेको छ ।
विगत ११  वर्ष देखि विरिङ खोलामा छठ पूजा समारोह गर्दै आएको श्री छठ समाज सेवा समिती बिर्तामोडले यस वर्ष कात्तिक १० गते  छठ पुजा समारोह एवम् बृहत साँस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको  श्री छठ समाज सेवा समिती बिर्तामोडकी अध्यक्ष संगीता रौनियारले बताइन्।
विरिङ खोलामा कात्तिक १० गते  हुने छठ पुजा समारोह एवम् बृहत साँस्कृतिक कार्यक्रम सफल बनाउन श्री छठ समाज सेवा समिती बिर्तामोडले विभिन्न समिति गठन गरेको उनले बताइन् ।
छठ पुजा समारोह एवम् बृहत साँस्कृतिक कार्यक्रमको कार्यक्रम संयोजकको रुपमा संस्थाका  बरिष्ठ उपाध्यक्ष राजकुमार साह रहेका छन् ।
कात्तिक १० गते हुने  छठ पुजाका लागी  विरिङ खोलामा पण्डाल ( घाट)को निर्माण धमाधम भइरहेको कार्यक्रम संयोजक साहले बताए।
कार्यक्रम संयोजक साहले यस वर्ष छठ पूजाका लागि एक सय ७५  पण्डाल निर्माण गरिएको र एउटा पण्डालमा २ वटा डाला रहने भएकाले करिब एक हजारभन्दा बढी  भक्तजनको सहभागिता रहने उनले जानकारी दिए ।

त्यस्तै प्रचार प्रसार समितिको संयोजकमा   शत्रुधनप्रसाद गुप्ता रौनियार र सदस्यहरूमा  बिक्की चौधरी र दीपक साफी रहेका छन् ।
घाट तथा बिजुली र कुपन व्यवस्थापन समितिको संयोजकमा सन्तोष साह र सदस्यहरूमा सञ्जय चौधरी र मनोज भगत रहेका छन्।
त्यस्तै अर्थ समितिको संयोजकमा अनन्तलाल  महतो  र सदस्यहरूमा बरुण जयसवाल, रामेश्वर द्विवेदी, शंकर भगत, जनार्दन साह , नरेश साह  रहेका छन् भने  सामाजिक समन्वय शान्ति सुरक्षा समितिको संयोजकमा प्रेमचन्द्र चौधरी र सदस्यहरूमा घनश्याम चौधरी, राजकुमार गुप्ता ,  देवेन्द्रकुमार सिंह, रामेश्वर द्विवेदी रहेका छन्।
प्रसाद व्यवस्थापन उपसमिति संयोजकमा सत्यनारायण चौधरी र सदस्यहरूमा शत्रुधन चौधरी र देवेन्द्र कुमार सिंह रहेका छन् ।
छठ पुजा समारोह एवम् बृहत साँस्कृतिक कार्यक्रम  सम्पन्न गर्नका लागि छठ युवा फ्रन्टका सदस्यहरूले स्वयम्सेवक परिचालनमा  साथ दिने छठ युवा फ्रन्टका अध्यक्ष अमरजीत शाहले बताए। त्यस्तै छठ महिला मञ्चले स्वागत तथा सम्मानमा सहभागिता जनाउने महासचिव रेनुका महतोले बताइन् ।
बिरिङ खोलामा आयोजना हुने  छठ पूजाका लागि पण्डाल, मञ्च निर्माण, विद्युत जडान लगायतको काम अन्तिम चरणमा पुगेको श्री छठ समाज सेवा समिती बिर्तामोडकी अध्यक्ष  रौनियारले जानकारी दिइन् ।
छठ पूजा समारोहमा विगतको वर्षमा जस्तै  यस वर्ष उल्लेखनीय दर्शक श्रद्धालु आउने अनुमान गरेको उनले बताइन् ।
छठ पूजा सम्पन्न गर्न करिव १५ लाख रुपैयाँ खर्च लाग्ने अर्थ समितिको संयोजक अनन्तलाल महतोले बताए ।
श्री छठ समाज सेवा समिती बिर्तामोडकी  अध्यक्ष संगीता रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजकुमार शाह , पूर्व अध्यक्ष  घनश्याम चौधरी, राजकुमार गुप्ता,  देवेन्द्रकुमार सिंहलगायतले  विरिङ खोलामा हुने छठ पुजा समारोह एवम् बृहत साँस्कृतिक कार्यक्रम सफल बनाउन सहयोगका लागी सबैलाई आग्रह गरेका थिए । 
कार्यक्रमको सञ्चालन श्री छठ समाज सेवा समिती बिर्तामोडका महासचिब अशोककुमार चौधरीले गरेका थिए ।