बिर्तामोड। बुद्धनगर कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ५ को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष युवराज प्रसाईंको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य संस्थापक उपाध्यक्ष प्रेमकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष भीमकुमारी विष्टले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष युवराज प्रसाईंले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका शेयर सदस्य एक हजार ६ सय ९२ जना, १ करोड ४५ लाख २ हजार ८ सय, निक्षेप ४ करोड ३४ लाख २४ लाख ५ सय ८७ रूपैयाँ ७४ पैसा, ऋण लगानी ५ करोड ६७ लाख ६२ हजार १ सय ८१ रूपैयाँ ८ पैसा, कारोबार ६ करोड ८४ लाख ९४ हजार ७ सय ५४ रूपैयाँ ५७ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा नियमित उत्कृष्ट बचतकर्तातर्फ डम्बरबहादुर विश्वकर्मा, क्रमिक उत्कृष्ट बचतकर्तातर्फ लेखनाथ आचार्य, उत्कृष्ट उधमी सविताकुमारी अधिकारी, एसईईमा उत्कृष्ट आश्रिका आचार्य, अंकिता गुरागाँईलाई पुरस्कृत तथा सम्मान गरिएको थियो।
कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक ओदराज सापकोटा, र ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमितिका संयोजक पारसमणि कडरिया र कोषाध्यक्ष खेमनाथ मिश्रले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा दुर्गाप्रसाद शिवाकोटी, अञ्जना प्रसाईं, अग्नीदेव लुईंटेललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक देविभक्त आचार्यले गरेको कर्मचारी कञ्चन भट्टराईले जानकारी दिइन्।




















