बिर्तामोड। राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता तथा संस्थाका  केन्द्रीय महासचिव चन्द्रप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष मेनुका राजवंशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
 कार्यक्रममा   संस्थाका अध्यक्ष उत्तमकुमार राजवंशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष बसन्ती राजवंशीले आयव्ययसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थाको  आर्थिक वर्ष २०८०/८१ मा कुल आम्दानी  ४ लाख ७४ हजार ९ सय ५० र खर्च  ५ लाख ५६ हजार ८ सय २२ भएको थियो भने संस्थालाई  ८१ हजार ८ सय ७२ रूपैयाँ घाटा भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक वर्ष २०८१/८२ मा  संस्थाको कुल आम्दानी  ३ लाख ३४ हजार १० र खर्चतर्फ  ५ लाख १५ हजार ३ सय ३५ भएको र संस्थालाई कुल नोक्सान  १ लाख ८१ हजार ३ सय २५ नोक्सान भएको प्रतिवेदनमा उल्लेख छ ।
  कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान सदस्य सचिव  कमलप्रसाद राजवंशी, अखिल नेपाल कबड्डी सङ्घका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष साथै भद्रपुर वार्ड नं ६ का वडाध्यक्ष रतिया राजवंशी, राजवंशी विकास प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरेन राजवंशी,आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठान भद्रपुरका अध्यक्ष समनसिंह राजवंशी, संस्थाको पालिका समितिको तर्फबाट मेचीनगरका अध्यक्ष  दिनेश राजवंशी, झापा गापाका अध्यक्ष  तेजनारायण राजवंशी, गौरादह नपाका अध्यक्ष  रघुनाथ राजवंशी, गौरीगञ्ज गापाका सचिव  तिलक राजवंशी र बाह्दशी गापाका सचिव  हेमप्रसाद राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
   सोही  कार्यक्रममा  भद्रपुर नपाबाट  अखिल नेपाल कबड्डी संघका  केन्द्रीय सदस्य  धीरेन राजबंशी,  बिर्तामोड नगर महिला संघकी उपाध्यक्ष
सुनिता राजवंशी र बिर्तामोड नगर महिला व्यवसायी संघकी अध्यक्ष  राधा राजवंशी लाई  जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरी प्रमुख अतिथि लगायत अतिथीहरूले खादा टीका लगाई स्वागत गरेका थिए।
  कार्यक्रमको सञ्चालन संस्थाका सचिव  सोहनलाल राजवंशीले गरेका थिए।