बिर्तामोड । वीरता लेडी जेसीज सन्  २०२४ की अध्यक्ष मेनुका ओली लोहनीले नेपाल जेसीज सन् २०२६ को राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी छिन् ।

नेपाल जेसीजको आयोजना तथा जनकपूर जेसीजको आतिथ्यतामा आगामी पुष ४ गतेदेखि हुन गइरहेको ५२ औँ राष्ट्रिय अधिवेशनमा लोहनीले उमेद्वारी दिएकी हुन् ।

वीरता लेडी जेसीजको बोर्ड बैठकमा वीरता लेडी जेसीज सन्  २०२४ की अध्यक्ष तथा वीरता लेडी जेसीज सन्  २०२५ की निवर्तमान अध्यक्ष मेनुका ओली लोहनीले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको घोषणा गरेको वीरता लेडी जेसीजकी  अध्यक्ष निशा शाक्यले जानकारी दिइन् ।

वीरता लेडी जेसीज पूर्व  अध्यक्ष क्लवकी अध्यक्ष  मञ्जु सिटौला पोखरेलको  अध्यक्षतामा भएको बोर्ड वैठकमा वीरता लेडीजेसीजका पूर्व अध्यक्षहरु , पदाधिकारीहरुलगायतले लोहनीलाई जितको अग्रिम शुभकामना दिदै नेपाल जेसीजका सम्पूर्ण शाखाका पदाधिकारीहरुलाई वीरता लेडी जेसीज सन्  २०२४ की अध्यक्ष मेनुका ओली लोहनीलाई जिताउन अपिल समेत गरेको वीरता लेडी जेसीजकी  अध्यक्ष निशा शाक्यले जानकारी दिइन् ।

वीरता लेडी जेसीजलाई राष्ट्रिय पदाधिकारी प्राप्त गराउनको लागि आफ्नो उम्मेद्वारी रहेको नेपाल जेसीज सन् २०२६ को राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी वीरता लेडी जेसीज सन्  २०२४ की अध्यक्ष मेनुका ओली लोहनीले बताइन् ।

नेपाल जेसीजको संस्थागत विकास गर्न , वीरता लेडी जेसीजको गरिमालाई उचो राख्नका लागि आफूले उम्मेदवारी दिएको बताउँदै उनले  आफ्नो क्षमताले भ्याएसम्म क्रियाशिल रहने जनाइन् ।

उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका सम्पुर्ण जेसीजमनहरुको साथ र सहयोगले निर्वाचित हुनेमा आफू विश्वस्त रहेको बताइन् ।