बिर्तामोड। मेची आँखा अस्पताल संघ सैनिकमोड बिर्तामोडको २९ औं बार्षिकोत्सव सम्पन्न भएको छ।
   संस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेशकुमार वंशलले स्वागत गरेका थिए।
   कार्यक्रममा  मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा.पुरूषोत्तम जोशीले अस्पतालको गतिबिधीको बारेमा जानकारी गराएका थिए।
   कार्यक्रममा संस्थाको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने संस्थापक सदस्य चण्डीप्रसाद पराजुलीलाई सम्मान गरिएको थियो । उक्त सम्मान पराजुलीकी  श्रीमती यसोदा पराजुली र बुहारी कुसुम पराजुलीले ग्रहण गरेका थिए।
    कार्यक्रममा प्रमुख अतिथी प्रसाई, संस्थापक अध्यक्ष डा. गोपालप्रसाद पोखरेल,  संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, आईकेयर फाउण्डेशन नेदरल्याण्ड्सका कन्ट्री डाइरेक्टर अनिल गोर्खाली ,
सम्मानित पराजुलीकी बुहारी कुसुम पराजुलीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरू  उत्कृष्ट नेत्र विशेषज्ञ डा.अशेष कोइराला, उत्कृष्ट नेत्र सहायक निरज दाहाल, उत्कृष्ट
कर्मचारी सविता संग्रौला, मालती तामाङ
डिल्ली सिटौला,  नन्दु ताजपुरिया , उत्कृष्ट सुरक्षाकर्मी धनबहादुर बस्नेत, उत्कृष्ट सफाई कर्मचारी बविता धिमाल, उत्कृष्ट प्राथमिक आँखा उपचार केन्द्र दमकलाई पुरस्कृत गरिएको थियो।
    कार्यक्रमको सञ्चालन मेची आँखा अस्पताल संघका सचिव सुरज खत्रीले गरेका थिए।