बिर्तामोड । श्री आकर्षक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –५ को अध्यक्षमा गंगाप्रसाद मैनाली चयन भएका छन्।
संस्थाको १२ औं वार्षिक साधारणसभाको वन्दसत्रले मैनालीको अध्यक्षतामा नयाॅ कार्यसमिति चयन गरेको हो।
नयाॅ कार्यसमितिको उपाध्यक्षमा माधवीदेवी भण्डारी र चन्द्रकुमार प्रसाई, सचिव सुरेश गौतम, सहसचिव चन्द्रलाल रिमाल, कोषाध्यक्ष हेमराज धमला सुवास रहेका छन्।
त्यस्तै सदस्यहरूमा चन्द्राकुमारी भण्डारी , शुशिला बांस्कोटा , उमादेवी संग्रौला, पहलमान लोहार रहेका छन्।
त्यस्तै संस्थाको लेखा समिति संयोजकमा पुष्पलाल भण्डारी र सदस्यमा यमुना तिवारी रहेका छन्।
सञ्चालक समितिका एक र लेखा समितिका एक सदस्य कार्यसमितिको पहिलो बैठकले निर्णय गर्ने बताइएको छ।
संस्थाको कार्यसमिति चयन गर्न शिक्षासेवी मोहनप्रसाद ओलीको संयोजक र नरहरी चापागाई र व्यवस्थापक नरेश गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
संस्थाका अध्यक्ष गंगाप्रसाद मैनालीको अध्यक्षता तथा शिक्षासेवी मोहनप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सहसचिव यमुना तिवारीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका ऋण संयोजक पहलमान लोहार, सल्लाहकार सदस्य
नरहरी चापागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उत्कृष्ठ बचतकर्ता लिलादेवी उप्रेती , तेजबहादुर धमला, असल ऋणी टिकामाया सुब्बा , मोहम्मद नजाम मियाॅलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मैनालीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य ८ सय ९५ जना, शेयर पूँजी ७२ लाख ३६ हजार ५ सय रुपैयाँ, निक्षेप २ करोड ७ लाख ३१ हजार १ सय ६ रुपैयाँ २७ पैसा, ऋण लगानी २ करोड ६३ लाख २६ हजार २ सय ७१ रुपैँया ७४ पैसा वासलात ३ करोड ४० लाख ९५ हजार १ सय ४० रूपैयाँ, ७ लाख ८६ हजार ८ सय १० रूपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
संस्थाका लेखा समिति संयोजक पुष्पलाल भण्डारीले लेखा समितिको प्रतिवेदन वाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुरेश गौतमले गरेको व्यवस्थापक नरेश गौतमले जानकारी दिए ।




















