बिर्तामोड । बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
   संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्णप्रसाद तिवारीले प्रस्तुत गरेका थिए।
     कार्यक्रममा प्रमुख अतिथी झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइराला , बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा , लेखा सुपरीवेक्षण समितिका संयोजक  चुडामणी ओझा , सदस्य राजेन्द्र रिजाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ भीमसेन बचत तथा ऋण सहकारी संस्था सुरूङ्गा र उत्कृष्ट ऋणीतर्फ कलस बचत तथा ऋण सहकारी संस्था दमकलाई पुरस्कृत गरिएको थियो।
कार्यक्रमको सञ्चालन बचत तथा ऋण सहकारी संघ झापाका सचिव यामकुमार चुडालले गरेका थिए।