बिर्तामोड। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा लक्ष्मी माध्यमिक विद्यालय अर्जुनधारा ६ को सहआयोजनामा अर्जुनधारा महिला खुल्ला भलिबल प्रतियोगिताको तयारी गरिएको छ।
अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख वलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम भएको थियो।
अर्जुनधारा महिला खुल्ला भलिबल प्रतियोगिताका परिकल्पनाकार वीरबहादुर राईले प्रतियोगितामा राष्ट्रियस्तरका ६ वटा टीमको सहभागिता रहने बताए।

उनले बिजेता  प्रथमलाई २ लाख, द्वितियलाई १ लाख,तृतीय २ वटा टिमलाई जनही ३० हजार रूपैयाँ प्रदान गरिने बताए।
 उनले  मंसीर १७ गतेदेखि २१ गतेसम्म लक्ष्मी माध्यमिक विद्यालय अर्जुनधारा ६ को प्राङ्गणमा सञ्चालन हुने   प्रतियोगिता निःशुल्क हुने बताए।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख वलदेवसिंह गोम्देनले अर्जुनधारा महिला खुल्ला भलिबल प्रतियोगिताका अर्जुनधाराकै गौरव भएको बताए। 
उनले अर्जुनधारा नगरपालिकामै पहिलो पटक महिला खुल्ला भलिबल प्रतियोगिता आयोजना भएकाले यसको अपनत्व अर्जुनधारा नगरपालिकाले लिने बताए।     अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले अर्जुनधारा नगरमै पहिलो पटक अर्जुनधारा महिला खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेकाले उक्त प्रतियोगितामा सहभागी हुन सबैलाई आग्रह गरे।
कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गरेका थिए।