बिर्तामोड। शनिश्चरे बहुमुखी क्याम्पसको १२ औं क्याम्पस सभा सम्पन्न भएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमप्रसाद खरेलको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख वलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लोकनाथ गौतमले स्वागत गरेका थिए।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमप्रसाद खरेलले क्याम्पसको गतिविधिहरुबारे प्रकाश पारेका थिए।
कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पसको बार्षिक प्रतिवेदन क्याम्पस प्रमुख कृष्ण बहादुर थापाले प्रस्तुत गरेका थिए भने आन्तरिक लेखा परीक्षण संयोजक कृष्णप्रसाद पौडेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पसको स्थापनाकालदेखि क्याम्पसको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने केदारमणी ढकाल, क्याप्टेन मानबहादुर राई र कृष्णप्रसाद मिश्रलाई सम्मान गरिएको थियो।
कार्यक्रममा पूर्व वनराज्यमन्त्री तथा अक्षयकोष दाता बीरमणी ढकाल सितारमेश बहुमुखी क्याम्पस प्रमुख पुष्प रिजाल, शनिश्चरे बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहनप्रसाद ओली, शनिश्चरे बहुमुखी क्याम्पसका संस्थापक सदस्य अर्जुनधारा नगरपालिकाका पूर्व नगर प्रमुख हरिकुमार राणालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पसमा बिभिन्न संकाय र बर्षहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा क्याम्पसकै उत्कृष्ट विद्यार्थी समिक्षा राईलाई नगद ६ हजार सहित पुरस्कृत गरिएको थियो।
त्यस्तै बीबीएस चौथो बर्ष उत्कृष्ट समिक्षा राई ,बीएड चौथो बर्ष उत्कृष्ट रेखा तिम्सिना, बीबीएस तेस्रो बर्ष उत्कृष्ट एलिसा दाहाल, बीएड तेस्रो बर्ष उत्कृष्ट यमुना गिरी, बीबीएस दोस्रो बर्ष उत्कृष्ट बिशेष कोईराला, बीएड दोस्रो बर्ष उत्कृष्ट बिष्णुमाया पौडेल, बीबीएस प्रथम बर्ष उत्कृष्ट रीया निरौला , बीएड प्रथम बर्ष उत्कृष्ट प्रमिला तामाङलाई नगद ४ हजारसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक नारायणप्रसाद पौडेलले गरेका थिए।




















