बिर्तामोड । झापाको बिर्तामोडमा एनक्लेक्स हब सञ्चालनमा आएको छ । बिर्तामोडको हनुमान सेन्ट्रलको तेस्रो तलामा एनक्लेक्स हब सञ्चालनमा आएको हो ।
यूएसए, क्यानडा, युकेलगायतका देशमा काम गर्न जान चाहने नेपाली डाक्टर, नर्सहरुलाई शैक्षिक परामर्शसहित एनक्लेक्स परिक्षा तयारी कक्षा प्रदान गर्न झापाको बिर्तामोडमा एनक्लेक्स हब सञ्चालनमा ल्याएको एनक्लेक्स हब बिर्तामोडका डाइरेक्टर रोशन साहले बताए ।
पछिल्लो समय न्यून परिश्रमिक, सुरक्षा प्रत्याभुतीको अभाबका कारण नेपालका डाक्टर तथा नर्सहरुमा छाएको निराशाका कारण यूएसए, क्यानडा, युके लगायतका देशमा काम गर्न नेपाली डाक्टर, नर्सहरु जान चाहिरहेको बताउँदै उनले यसलाई मध्यनजर गर्दै झापाको बिर्तामोडमा एनक्लेक्स हब सञ्चालनमा ल्याएको जनाए ।
एनक्लेक्स हब नेपालका विशाल थापा, रमिला कटुवालले यूएसए, क्यानडा, युकेलगायतका देशमा काम गर्न जान चाहने नेपाली डाक्टर, नर्सहरुलाई नेसनल काउन्सिल लाइसेन्सर एक्ज्यामिनेसन एनक्लेक्सका लागी तयारी कक्षा बिर्तामोडमा शुरु गरेकोमा एनक्लेक्स हब बिर्तामोडका डाइरेक्टर रोशन साहलाई धन्यबाद दिएका थिए ।
झापाको बिर्तामोडमा आयोजना गरेको ओरेन्टेसन सेमिनारमा सहभागी यूएसए, क्यानडा, युकेलगायतका देशमा काम गर्न जान चाहने डाक्टर तथा नर्सहरुलाई उनीहरुले नेसनल काउन्सिल लाइसेन्सर एक्ज्यामिनेसन एनक्लेक्सका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा एनक्लेक्स हब बिर्तामोडबाट समिक्षा मगर, निकी सुव्वा, सलिना ढुंगानाले नेसनल काउन्सिल लाइसेन्सर एक्ज्यामिनेसन एनक्लेक्स उत्तिर्ण गरेको जानकारी दिइएको थियो ।




















