बिर्तामोड। झापाको बिर्तामोड ५ स्थित नयाॅ उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष शुस्मा भण्डारी पौडेलको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य तथा सल्लाहकार सदस्य बृहस्पति घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमचन्द्र लिम्बूले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
संस्थापक अध्यक्ष केशरबहादुर खवासले संस्थाको गतिविधिसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा संस्थाकी अध्यक्ष शुस्मा भण्डारी पौडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थाको शेयर सदस्य २ हजार ६ सय ९९ जना, २ करोड ३४ लाख ९३ हजार १ सय ११ रूपैयाँ, निक्षेप ४ करोड ३९ लाख ३३ हजार ७ सय २५ रूपैयाँ ७० पैसा, ऋण लगानी ५ करोड ५७ लाख ५३ हजार १ सय २५ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा ज्येष्ठ शेयर सदस्य हरिप्रसाद शर्मा खरेल, हरिमाया खतिवडा,उत्कृष्ट बचतकर्तातर्फ मनकुमार सिटौला ,शुसिला गौली, असल ऋणीतर्फ प्रेमकुमार राई,मैना भारतीलाई सम्मान गरिएको थियो।
कार्यक्रममाख लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक गणेशकुमार पोखरेलले प्रस्तुत गरेका थिए।
कार्यक्रममा निर्वाचन अधिकृत लिलाप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी कार्यक्रम बारे जानकारी गराएका थिए।
कार्यक्रममा संस्थाकी अध्यक्ष शुस्मा भण्डारी पौडेल र समितिमा रहेर उत्कृष्ट कार्य गर्ने लेखा सुपरीवेक्षण समितिका संयोजक गणेशकुमार पोखरेललाई सम्मान गरि॓एको थियो।
कार्यक्रममा पूर्व अध्यक्ष विश्वेश्वरप्रसाद बजगाईं बिपिन, शेयर सदस्य बिर्तामोड ६ का वडासदस्य यामनाथ अधिकारी लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाकी अध्यक्ष शुस्मा भण्डारी पौडेलले आफ्नो कार्यकालमा रहेका कार्यसमितिका पदाधिकारी,बिभिन्न उपसमितिका पदाधिकारी, सल्लाहकार समितिलाई मायाको चिनो प्रदान गरेकी थिइन्।
कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव शिवराज पौडेलले गरेका थिए।




















