बिर्तामोड। झापाको बिर्तामोड ५ स्थित नयाॅ उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विश्वेश्वरप्रसाद बजगाईं बिपिन निर्वाचित भएका छन्।
संस्थाको १४ औं वार्षिक साधारण सभाको बन्दसत्रले बजगाईंको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो ।नवनिर्वाचित समितिको उपाध्यक्षमा कमलबहादुर थापा,सचिवमा शिवराज पौडेल,कोषाध्यक्ष कल्पना आचार्य रहेका छन्।
त्यस्तै सदस्यहरूमा कुमारी ओली, नन्दादेबी तिम्सिना, भिष्मराज मिश्र, लिला खड्का, सुनिल अधिकारी रहेका छन्।
त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा दिपक पोखरेल र सदस्यहरूमा कृष्णप्रसाद प्याकुरेल र बिदुर खनाल रहेको निर्वाचन अधिकृत लिलाप्रसाद भण्डारीले जानकारी दिए।




















