बिर्तामोड । पछिल्लो समय झापामा एनएस मार्क प्राप्त इन्टरलकिङ पेभर्सद्वारा निर्माण गरिएका सडक गुणस्तरीय र टिकाऊ देखिएका छन् ।  झापाका अधिकांश स्थानीय तहले एनएस मार्क प्राप्त इन्टरलकिङ पेभर्सद्वारा निर्माण गरिएका सडक गुणस्तरीय र टिकाऊ देखिएका हुन् । 

पछिल्लो समय झापाका स्थानीय तहलगायतका सरकारी निकाय एवम् निजी क्षेत्रसमेतले साना तथा भित्री सडक, पेटी बनाउन कालोपत्रेको विकल्पको रुपमा इन्टरलकिङ पेभर्स खोज्ने गरेको विल्डकन इन्डष्ट्रिज प्रालि अर्जुनधारा ७ का म्यानेजिङ डाइरेक्टर नविन गट्टानीले बताए । 

कालोपत्रे गरेको सडकमा ग्यारेण्टी वारेण्टी नहुने, वर्खायाममा पानी जम्ने गरेका कारण निर्माण भएको एक वर्षमै सडकमा खाल्डा खुल्डी हुने र सडक मर्मतको नाममा बजेटको दुरुपयोग हुने र सर्वसाधारणले सास्ती भोग्नुपर्ने भएकाले कालोपत्रेको  विकल्पमा इन्टरलकिङ पेभर्सको माग बढेको उनले बताए ।

कालोपत्रे सडक हिउँदभरी धुलाम्मे र बर्खा लागेपछि हिलाम्मे र खाल्डा–खुल्डी भएर कालोपत्रे गरेको केही समयमै भत्किन र उक्किन थाल्ने भएकाले बर्षेनि सडक मर्मतसम्भार र कालोपत्रेको नाममा राज्यको अर्बौं रुपैयाँ खर्च हुने तर कालोपत्रेको सट्टा इन्टरलकिङ पेभर्स प्रयोग गरी निर्माण गरिएका सडक आकर्षक देखिने, वातावरणमैत्री, टिकाउ भएका कारण इन्टरलकिङ पेभर्स सबैको रोजाइमा परेको उनको भनाई छ । 

 झापाको अर्जुनधारा–७, भाङवारीमा आठ वर्षअघि स्थापना भएको विल्डकन इन्डष्ट्रिज प्रालिले एनएस मार्क प्राप्त गुणस्तरीय इन्टरलकिङ पेभर्स उत्पादन गर्न थालेपछि पछिल्लो समय झापासहित पूर्वी नेपालका गाउँ–नगरमा सडकको स्वरूप फेरिँदै गएको उनले बताए । 

६० करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको विल्डकन इन्डष्ट्रिज प्रालि नेपालकै पहिलो एनएस प्राप्त इन्टरलकिङ पेभर्स उत्पादन उद्योग भएको बताउँदै उनले जर्मन प्रविधिबाट उत्पादन हुने विल्डकनका टायल्स, ब्लक र इन्टरलकिङ पेभर्स झापादेखि पश्चिम नेपालको कैलालीसम्म प्रयोग भइरहेको जानकारी दिए । 

एनएसको मापदण्डअनुसार उत्पादन गरिएका पेभर्स सडकदेखि बन्दरगाहसम्म प्रयोग गर्न मिल्ने खालका भएको बताउँदै विल्डकन इन्डष्ट्रिज प्रालि अर्जुनधारा ७ का म्यानेजिङ डाइरेक्टर नविन गट्टानीले झापाका अधिकांश स्थानीय तहले पछिल्लो समय पूर्वाधार निर्माणमा एनएस प्राप्त इन्टरलकिङ पेभर्सको प्रयोग गर्न थालेको जनाए । 

उपभोक्तादेखि आम नागरिकसम्मको साझा चाहना छिटो होइन, विकासमा टिकाउ आवश्यक भएको देखेपछि आफूहरुले विल्डकन इन्डष्ट्रिज प्रालिको स्थापना गरेको बताउँदै उनले उपभोक्ता सचेत भएसंगै अहिले इन्टरलकिङ पेभर्सको प्रयोग गरेर सडक निर्माण गर्ने क्रम बढेको जनाए । 

विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेका इन्टरलकिङ पेभर्स, टायल्स, ब्लक एनएस मार्क प्राप्त भएकोले गुणस्तरमा कुनै सम्झौता नगर्ने उनको भनाई छ । 

विल्डकन इन्डष्ट्रिज प्रालिका सञ्चालक प्रदीप अग्रवालले एनएसका १० वटा स्ट्याण्र्ड पूरा गरेर उत्पादन भएको इन्टरलकिङ पेभर्सको  ८० टनसम्मको भारवहन क्षमता रहेको र यसको आयु २० वर्ष भएको बताए । 

 हाल नेपालमा ४०–५० टनसम्म लोड बोकेका गाडी गुडेपनि निकट भविश्यमा ५० टन माथिका गाडी गुड्न सक्ने सम्भाभ्यतालाई अध्ययन गर्दै ८० टनसम्मको भारवहन क्षमताको इन्टरलकिङ पेभर्स उत्पादन गरेको उनको भनाई छ ।

विल्डकन इन्डष्ट्रिज प्रालिले एम –३० देखि एम – ५० ग्रेडसम्मका एनएस इन्टरलकिङ पेभर्स उत्पादन गर्दै आएको उनले बताए । 

विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको इन्टरलकिङ पेभर्स प्रयोग गरेर उपभोक्ता समिति होस् वा ठेक्कामार्फत गरिएको सडक निर्माणमा विल्डकनले पाँच वर्षको ग्यारेन्टी दिने गरेको बताउँदै उनले अरुतिर सडक निर्माण भएको ११ महिनाभित्र टुटफुट भए मर्मत गर्ने व्यवस्था भए पनि आफूहरुले पाँच वर्षसम्म जिम्मेवारी लिने जनाए । 

विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको इन्टरलकिङ पेभर्स प्रयोग गरेर निर्माण गरिएको सडक ५ बर्षभित्र कतै टुटफुट भए खवर आउन साथ आफ्ना कर्मचारी पठाएर तत्काल मर्मत गर्ने उनको भनाई छ । 

विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको इन्टरलकिङ पेभर्स प्रयोग गरेर निर्माण गरिएको सडक पाँच वर्षसम्म कम्पनिले मर्मत गर्ने भएकाले सडक मर्मतमा बर्सेनि खर्च हुने ठूलो रकम जोगिने र यसले सरकारको ठूलो धनराशीको बचत भएको उनको भनाई छ । 

विल्डकन इन्डष्ट्रिज प्रालिका अध्यक्ष भिमचन्द्र भट्टराईले विल्डकन इन्डष्ट्रिज प्रालिले एनएस मापदण्ड अनुसार इन्टरलकिङ पेभर्ससहितका निर्माण सामग्री उत्पादन गरेकाले यसको उपभोक्तामाझ लोकप्रियता बढेको बताए । 

विल्डकन इन्डष्ट्रिज प्रालिले ३ सय ५० जनालाई प्रत्यक्ष रोजगार दिएको बताउँदै उनले यसबाट स्थानीय युवालाई विदेश पलायन हुनबाट रोकेको जनाए । 

विल्डकन इन्डष्ट्रिज प्रालिको एनएस इन्टरलकिङ पेभर्स उत्पादन क्षमता दैनिक ३५ हजार स्क्वायर फिट करिब १ लाख २५ हजार पिस भएपनि हाल ५० प्रतिशत मात्र उत्पादन भएको बताउँदै उनले यहाँ उत्पादित एनएस इन्टरलकिङ पेभर्स कोशी प्रदेशसँगै काठमाडौं, सदूरपश्चिमसम्म खपत हुँदै आएको जानकारी दिए । 

आफू निर्माण व्यवसायी समेत भएको बताउँदै अध्यक्ष भट्टराईले विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको इन्टरलकिङ पेभर्स  बलियो र ५ वर्षको ग्यारेण्टी भएकै कारण उक्त पेभर्स प्रयोग गरेर सडक बनाउने क्रम बढेको जनाए । 

  विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको इन्टरलकिङ पेभर्सबाट सडक निर्माण गर्दा कालोपत्रे गरेकै लागतमा तयार हुने र आकर्षण पनि देखिने भएपछि यो स्थानीय उपभोक्ताको रोजाईमा परेको उनको भनाई छ । विल्डकन इण्ड्रष्ट्रिजका मुख्य प्राविधिक अनिल दाहालले विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको इन्टरलकिङ .पेभर्सको प्रयोग गरेर सडक बनाउँदा  टुटफुट कम हुने बताए ।

बिर्तामोड नगरपालिका वडा नं. –१ का अध्यक्ष अग्निप्रसाद पाण्डेले कालोपत्रेमा ग्यारेन्टी वारेन्टी नहुने, पानीका कारण एक बर्षमै खाल्डा पर्ने गरेकोले बजेटको दुरुपयोग हुने र सर्बसाधारणलाई सास्ती हुने भएकोले त्यसको बिकल्पमा विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको इन्टरलकिङ .पेभर्सको प्रयोग गरेर सडक बनाउन थालेको बताए । 

हेर्दा राम्रो, बलियो र ५ बर्षको ग्यारेन्टी र २० बर्षको वारेन्टी पाएको कारणले आफूहरु विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको इन्टरलकिङ .पेभर्सको प्रयोग गरेर सडक बनाउन थालेको बताउँदै उनले विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको इन्टरलकिङ .पेभर्स कुनै एक भाँचिई गयो भने तुरुन्त फेर्न मिल्दो रहने र भाँचिएको ठाउँमा खाल्डो नपर्ने भएकाले सहज भएको जनाए । 

बिर्तामोड नगरपालिकाको विभिन्न सडक विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको इन्टरलकिङ .पेभर्सको प्रयोग गरेर बनाएको उनको भनाई छ । 

विल्डकन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको इन्टरलकिङ .पेभर्सको प्रयोग गरेर बनाएको गाउँ–गाउँका सडक गुणस्तरीय बनेकोमा स्थानीयवासिन्दा हर्षित बनेका छन् ।