बिर्तामोड । इडन गार्डेन एजुकेशन फाउण्डेशन बिर्तामोड ४ को आयोजनामा बिद्यार्थीहरुको प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ।
नेपालको शैक्षिक सन्दर्भमा विद्यार्थीहरूका लागी एआई कार्यान्वयन चुनौती र भाबी मार्ग भन्ने बिषयमा सहभागी विद्यार्थीहरूले आफ्ना धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा बिर्तामोडनगर भित्रका ९ वटा बिद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा इडन गार्डेन,कञ्चनजंघा, लिवर्टी, कनकाई,लिटलफ्लाबर्स, बिर्तामोडल,एमिटी,एभरेष्ट स्मार्ट, तक्षशिला स्कूलका बिद्यार्थीहरुको सहभागिता रहेको थियो।
प्यानल डिस्कसन कार्यक्रमको सहजीकरण खेमराज शर्मा आचार्यले गरेका थिए।
प्रतियोगितात्मक प्यानल डिस्कसन कार्यक्रमको निर्णायकहरूमा
उमाकान्त खनाल, धर्मेन्द्र भट्टराई र केशब उप्रेती रहेका थिए।
प्रतियोगितामा प्रथम एभरेष्ट स्मार्टका हिङ्माङ् लिम्बू , द्वितिय लिटलफ्लाबर्सका परिधि पाठक र तृतिय तक्षशिला स्कूलका मानस ओडारी भएका थिए।
इडन गार्डेन एजुकेशन फाउण्डेशनका संस्थापक प्रिन्सिपल मोहन आचार्यको अध्यक्षता तथा बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन बिद्यार्थी सन्ध्या सिटौलाले गरेको शिक्षक गीताराम आचार्यले जानकारी दिए।




















