बिर्तामोड । झापा शिवसताक्षी –६ शिवगञ्जमा रहेको जनआदर्श माविका अभिभावकहरु बुधबार औधी खुशी भए । उनीहरु खुशी हुनुको कारण थियो आफ्नै विद्यालयमा सम्मानित हुनु ।

त्यस क्षेत्रका असल , कर्तव्यनिष्ठ अभिभावक,सामाजिक धार्मिक व्यक्तित्व स्व.श्यामदेव ढुंगेलको स्मृतिमा उनका छोराहरुद्वारा स्थापित स्व.श्यामदेव ढुंगेल स्मृति प्रतिस्ठानले आफूहरुलाई  आदर्श अभिभावक सम्मान प्रदान गरेकोमा उनीहरुमा खुशीको सीमा नै थिएन।

स्व.बुबा श्यामदेव र प्रतिस्ठानका संरक्षक छोरा रामप्रसाद ढुंगेलको जन्मदिनको अवसर पारेर जनआदर्श माविका अभिभावकहरुमध्ये शिवलाल सुवेदी, धर्मप्रसाद भेटुवाल, यमबहादुर दर्जी र चन्द्रकला सापकोटालाई जनही नगद २ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्रद्वाराआदर्श अभिभावक  सम्मान प्रदान गरिरहँदा उनीहरु खुशीले हर्षाशु झारिरहेका थिए ।

उनीहरुले आदर्श पिता स्व. श्यामदेव ढुंगेलकोको पथमा असल सन्तान  हिँडेको भन्दै छोराहरु रामप्रसाद ढुंगेल, सन्जय ढुंगेल र राजु ढुंगेललाई आशिर्वाद दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद अधिकारीको अध्यक्षता तथा शिवसताक्षी वडा नं.. ६  का अध्यक्ष मनोज खुलाल कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सञ्जय ढुंगेलले स्वागतसहित स्व.श्यामदेव ढुंगेल स्मृति प्रतिस्ठानको गठन र उद्धेश्यमाथी प्रकाश पारेका थिए ।

उनले कोशी प्रदेशको सुनसरी जिल्ला  सदरमुकाम इनरुवामा जीवनका लामो समय व्यथित गरेका स्व प्रजापति देव ढुंगेल र स्व. हरिमाया ढुंगेलका सुपुत्र स्व. श्यामदेव ढुंगेलको स्मृतिमा आफूहरुले स्व.श्यामदेव ढुंगेल स्मृति प्रतिस्ठान स्थापना गरेको बताए । स्व. श्यामदेव ढुंगेलको योगदानको कदर गर्ने, वहाँका व्यक्तित्वको प्रचारप्रसार गर्ने, सरल स्वभावको कारण परिवार, सन्तान अनि समाजमा परेको प्रभावको बारेमा नयाँ पुस्तालाई सुसूचित गर्ने र स्व. श्यामदेव ढुंगेलको जीवनीमा आधारित एक बृत्तचित्र निर्माण गर्ने लक्ष्यसहित स्थापना भएको प्रतिस्ठानले पहिलो प्रयास स्वरुप आदर्श अभिभावक  सम्मान  कार्यक्रम गरेको उनले जानकारी दिए । सम्मान कार्यक्रमको लागि झापाको शिवसताक्षी नपा ६ शिवगञ्जको  जनआदर्श  मावि र सुनसरीको इनरुवा नगरपालिकाको  देवकोटा प्रावि र भगवती मावि चयन गरिएकोमा यो पटक शिवसताक्षी नपा ६ शिवगञ्जको  जनआदर्श  माविका अभिभावकहरुलाई सम्मान गरिएको उनले बताए । झापाको शिवसताक्षी नपा ६ शिवगञ्जको  जनआदर्श  मावि र सुनसरीको इनरुवा नगरपालिकाको  देवकोटा प्रावि र भगवती माविमा स्व. श्यामदेव ढुंगेलका छोराहरु रामप्रसाद ढुंगेल, सन्जय ढुंगेल र राजु ढुंगेलले प्रारम्भिक शिक्षा शुरु गरेको उनको भनाई छ । सम्मान कार्यक्रमसहित नियमित कार्यक्रम गर्न ढुंगेल परिवारले निश्चित रकम स्थानीय बित्तीय संस्थामा अक्षयकोसका रूपमा राख्ने र सोही रकमको ब्याजबाट झापा र सुनसरीका निर्धारित विध्यालयहरुमा सम्मान कार्यक्रम आयोजना गर्ने प्रतिस्ठानका अध्यक्ष सन्जय ढुंगेलले बताए । आदर्श अभिभावक सम्मान कार्यक्रम स्व. श्यामदेव ढुंगेलको जन्मदिन र पुन्यतिथिको अवसर पारेर छनौट गरिएका विध्यालयमा बर्सेनि आयोजना गरिने उनको भनाई छ । 

 स्व.श्यामदेव ढुंगेल स्मृति प्रतिस्ठानले समाजमा विध्यमान असल र कर्तव्यनिष्ठ अभिभावकलाई आदर्श अभिभावक सम्मान प्रदान गरेको स्व.श्यामदेव ढुंगेल स्मृति प्रतिस्ठानका संस्थापक संरक्षक रामप्रसाद ढुंगेलले बताए ।

स्व.श्यामदेव ढुंगेल स्मृति प्रतिस्ठानले समाजमा स्व. श्यामदेव ढुंगेलजस्ता सरल, इमानदार र आदर्श अभिभावकहरुको पहिचान गरी हरेक पुसको ९ गते एक कार्यक्रम आयोजना गरी आदर्श अभिभावक सम्मान पुरस्कर वितरण गर्ने उनले जानकारी दिए ।

पुस ९ गते स्व. बुबा श्यामदेव र आफ्नो जन्मदिन परेकोले जन्मदिनको दिन आफूले अध्धयन गरेको विद्यालयका अभिभावकहरुलाई आदर्श अभिभावकको रुपमा सम्मान गर्न पाउँदा आफुलाई औधी खुशी लागेको उनले बताए । 

कार्यक्रममा प्रमुख अतिथि कार्की, कार्यपालिका सदस्य गोमादेवी निरौला , विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष देविन्द्र पाठकलगायतले स्व.श्यामदेव ढुंगेलको व्यक्तित्वको चर्चा गर्दै स्व.श्यामदेव ढुंगेलको स्मृतिमा उनका छोराहरु रामप्रसाद ढुंगेल, सन्जय ढुंगेल र राजु ढुंगेलले स्व.श्यामदेव ढुंगेल स्मृति प्रतिस्ठान स्थापना गरी सामाजिक कार्य शुरु गरेकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन जनआदर्श माविका शिक्षक तथा कार्यक्रम संयोजक भक्तिप्रसाद काफ्लेले गरेका थिए ।