बिर्तामोड। हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको १३औं बार्षिक साधारण सभा तथा माइन्युट प्रमाणिकरण सभा सम्पन्न भएको छ।
संस्थाका कार्यवाहक अध्यक्ष संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सदस्य कृष्णप्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका कुसुम सुवेदी, शान्तीमाया शेलिङ लिम्बू, विभुति भण्डारी, सविता खनाल, प्रतिमा तिम्सिना, सुजता बस्नेत र मनिषा फागोले सहकारी सिद्धान्त बाचन गरेका थिए।
संस्थामा शेयर सदस्य ३९ हजार १ सय ५ जना, ८ हजार ६ सय ९५ जना, बचत खाता संख्या ९२ हजार ४ सय ५९ वटा, शेयर पूँजी १८ करोड ५१ हजार ७ सय रूपैयाँ, निक्षेप १ अर्ब ७२ करोड ४१ लाख ९८ हजार १ सय ९५ रूपैयाँ ६४ पैसा, ऋण लगानी १ अर्ब ९५ करोड १२ लाख २३ हजार ५ सय ८५ रूपैयाँ ६८ पैसा, आम्दानी ४४ करोड ५५ लाख ८१ हजार ८ सय ५ रूपैयाँ ८० पैसा , खर्च  ४४ करोड ४२ लाख ३२ हजार ६९ रूपैयाँ ९५ पैसा, सञ्चालन नाफा १३ लाख ४९ हजार ७ सय३५ रूपैयाँ ८५ पैसा र वासलात २ अर्ब ३७ करोड १४ लाख ३८ हजार ५१ रूपैयाँ ५६ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा संस्थाका सदस्य  भगीरथ आले, सेवाकेन्द्र सञ्चालन उपसमिति संयोजकहरू दमक सेवाकेन्द्र  सञ्चालन उपसमिति संयोजक यमबहादुर अधिकारी, केर्खा सेवाकेन्द्र  सञ्चालन उपसमिति संयोजक सरस्वती सेढाई, हर्कटे सेवाकेन्द्र  सञ्चालन उपसमिति संयोजक कुलप्रसाद पौडेल, चुलाचुली सेवाकेन्द्र  सञ्चालन उपसमिति संयोजक जीतबहादुर साँवा लिम्बू, दाम्राभिट्टा सेवाकेन्द्र  सञ्चालन उपसमिति संयोजक छत्रबहादुर विश्वकर्मा, चन्द्रगढी सेवाकेन्द्र  सञ्चालन उपसमिति संयोजक सुरज श्रेष्ठ, मंगलबारे सेवाकेन्द्र  सञ्चालन उपसमिति संयोजक जीतबहादुर राजबंशी, लक्ष्मीपुर सेवाकेन्द्र  सञ्चालन उपसमिति संयोजक नीलमणी उप्रेतीलगायतले हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई झापाकै नमूना सहकारी बनाउने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक अर्जुन लामाले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा बर्षभरी निरन्तर न्युनतम मासिक बचत संकलन लक्ष्य पूरा गर्ने  कामाटोली सेवाकेन्द्रकी बजार सहायक कर्मचारी सीमाकुमारी गणेशलाई नगद र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए।