बिर्तामोड। फ्रन्ट लाइन डक्टर्स नेपाल (एफडीएन) को आयोजना तथा फ्रन्ट लाइन डक्टर्स नेपाल (एफडीएन) झापाको संयोजनमा झापाको बिर्तामोडमा एफडीएन झापा मेला २०२५ को आयोजना गरिएको छ।
एनएमसी उत्तीर्ण एमबीबीएस लेबलका डाक्टरहरूलाई एउटै छाताभित्र संगठित गरी उनीहरूको हक अधिकारका लागि एकताबद्ध बनाउन तथा लाइसेन्सप्राप्त स्वास्थ्यकर्मीहरूलाई एकजुट गरी आपसी चिनजान र भाइचारा स्थापित गर्ने उद्देश्यले फ्रन्ट लाइन डक्टर्स नेपाल (एफडीएन) को गठन गरिएको फ्रन्ट लाइन डक्टर्स नेपाल (एफडीएन) को नेशनल कोअर्डीनेटर तथा फ्रन्ट लाइन डक्टर्स नेपाल (एफडीएन) झापा कोअर्डीनेटर डा. चेवनराज कार्कीले बताए।
स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ ओमनिका एफडीएन झापा मेला २०२५ अन्तर्गत एक दिवसीय फुटसल प्रतियोगिता आयोजना गरिएको उनले बताए।
बिर्तामोडस्थित बिर्तामोड स्पोर्ट्स सेन्टर सुन्दरटोलको ग्राउण्डमा शनिबार बिहान ९ बजेदेखि आयोजना गरेको एक दिवसीय फुटसल प्रतियोगितामा झापाका ६ वटा टीमको सहभागिता रहने फ्रन्ट लाइन डक्टर्स नेपाल (एफडीएन) को नेशनल कोअर्डीनेटर तथा फ्रन्ट लाइन डक्टर्स नेपाल (एफडीएन) झापा कोअर्डीनेटर डा. चेवनराज कार्कीले बताए।
फुटसल प्रतियोगितामा मेडिक्वीन एफसी, बिर्तासिटी एफसी, स्पाइन एक्स एफसी, मनमोहन एफसी, झापा एफडीएन र नोआज टीमको सहभागिता रहने उनले बताए। पाबर बाई बिभूति सर्जिकल एण्ड केमिकल सप्लायर्स रहेको एफडीएन झापा मेला २०२५ को होमकेयर पार्टनर जीवनरक्षा होमकेयर, मिडिया पार्टनर बिर्ताज्योति साप्ताहिक, डिजिटल पार्टनर मनोमोर्फ,हस्पिटालिटी पार्टनर टाईमलेस होटल, फार्मेसी पार्टनर खनाल फार्मेसी, मेडिसिन पार्टनर यब फर्मा, रिफ्रेसमेन्ट पार्टनर सिङ्गापुर वेभरेज, पेन पार्टनर एडभान्स पेन स्पेयलिष्ट क्लिनिक, हस्पिटल पार्टनर बिर्तासिटी हस्पिटल र कन्सल्टेन्सी पार्टनर माइल्स इन्टरनेशनल कन्सल्टेन्सी रहेको फ्रन्ट लाइन डक्टर्स नेपाल (एफडीएन) को नेशनल कोअर्डीनेटर तथा फ्रन्ट लाइन डक्टर्स नेपाल (एफडीएन) झापा कोअर्डीनेटर डा. चेवनराज कार्कीले बताए।
उनले कार्यक्रममा सहभागिता जनाएर खेलाडीहरूलाई हौसला प्रदान गर्न सबैलाई आग्रह समेत गरेका छन्।




















