बिर्तामोड। गौरवशाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष युवराज विमलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष लवकुमार चौधरीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाको शेयर सदस्य एक हजार ७ सय दुई जना, शेयर पूँजी ९२ लाख ३० हजार २ सय रूपैयाँ, निक्षेप ६ करोड ३४ लाख ८३ हजार ६ सय ९६ रूपैयाँ ३१ पैसा, ऋण लगानी ३ करोड ८२ लाख ५९ हजार ४ सय ८५ रूपैयाँ , आम्दानी ६५ लाख ७ हजार ३ सय ९९ रूपैयाँ ६५ पैसा, र नाफा ४ लाख १४ हजार ५ सय ८४ रूपैयाँ ४३ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक नथुनीप्रसाद शाहले प्रस्तुत गरेका थिए।
कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ निकीकुमारी शाह, शम्भू शाह, विनिका चौधरी, कृष्णबहादुर राई, मालती चौधरी, असल ऋणीतर्फ भिम विश्वकर्मा, योगेन्द्र भुजेल, विवेक धिमाल,स्वेच्छा खड्कालाई सम्मान गरिएको थियो।
त्यस्तै पत्रकार रेजीना रोदन, ज्येष्ठ नागरिक तेजनारायण चौधरी, उत्कृष्ट कर्मचारीतर्फ तारा दाहाललाई सम्मान गरिएको थियो।
त्यसैगरी वाल बचतकर्तातर्फ आयुस राजवंशी, क्यालिष्टा चौधरी, विनिसा राजवंशी, प्रियन्सा पौडेल,चेञ्जा राजवंशीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक पुष्पलाल चौधरी, सल्लाहकार सदस्य भोजराज सिटौला, कपिलमणी शिवाकोटी, सम्मानित पत्रकार रेजीना रोदनलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव रूपवति राजवंशीले गरेकी थिइन्।
यसैबीच गौरवशाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन:
लवकुमार चौधरी निर्वाचित भएका छन्। संस्थाको १६ औं बार्षिक साधारण सभा तथा पाॅचौं अधिवेशनको बन्दसत्रले चौधरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्ष दमन्ता दाहाल पोखरेल, सचिव रूपवति राजवंशी, कोषाध्यक्ष झलकसिंह राजवंशी रहेका छन्। त्यस्तै सदस्यहरुमा पशुपति राजवंशी, विष्णुकुमार चौधरी,धिरेन विश्वकर्मा,रमेश चौधरी र अञ्जु तिम्सिना रहेका छन्।
त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजक नथुनीप्रसाद शाह र सदस्यहरूमा महादेव चौधरी र पूर्णप्रसाद काफ्ले रहेका छन्।




















