बिर्तामोड । सुनकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
   संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य हरिमाया गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष हेमप्रसाद राजवंशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
    कार्यक्रममा संस्थाका अध्यक्ष गंगाराम ओडारीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाको शेयर सदस्य २ हजार ३ सय २३ जना, शेयर पूँजी २ करोड १६ लाख ९७ हजार १ सय रूपैयाँ, निक्षेप १३ करोड ७६ लाख ७२ हजार ९ सय ५६ रूपैयाँ, कोष १ करोड ५१ लाख ९२हजार ३ सय ९८  रूपैयाँ ९५ पैसा, ऋण लगानी १३ करोड ४७ लाख ६५ हजार ७ सय ११ रूपैयाँ, आम्दानी १ करोड ८३ लाख ५९ हजार ६ सय  ४४ रूपैयाँ ७१ पैसा,खर्च करोड ८३ लाख ४९ हजार ५ सय  ३९ रूपैयाँ ६७ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ  ।
    संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न, अशक्त, ज्येष्ठ नागरिक,महिला, वालवालिका तथा सीमान्तकृत वर्गको सामाजिक शशक्तिकरणमा सहयोग पुर्‍याउने कार्यक्रम सञ्चालन गर्ने, प्राकृतिक प्रकोप, विपद् तथा महामारीबाट प्रभावित शेयर सदस्य तथा समुदायलाई   राहत तथा सहयोग पुर्‍याउन अन्य संघसंस्था स्थानीय तह तथा सरोकारवाला निकायहरूसंग समन्वय गरी आवश्यकता अनुसार आर्थिक, भौतिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने, संस्थाको कार्यक्षेत्रभित्र रहेका सार्वजनिक स्थल, धार्मिक,ऐतिहासिक,शैक्षिक तथा वातावरणीय महत्वका स्थानहरूको पहिचान गरी संरक्षण, सरसफाई तथा प्रवर्द्धनका लागी सम्बन्धित संघसंस्था तथा स्थानीय सरकारसंग समन्वय र सहकार्य गर्नेलगायतका कार्यक्रम सञ्चालन गरिने  प्रतिवेदनमा उल्लेख छ।
    कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ राधिका पाठक, हेमन्तकुमार श्रेष्ठ, वाल बचतकर्तातर्फ सृष्टीकुमारी राजवंशी, ऋदम श्रेष्ठ, असल ऋणी निखिल राजवंशी, तुलसीकुमार धौरालीलाई  सम्मान गरिएको थियो।
लेखा सुपरीवेक्षण समितिका संयोजक नरेशकुमारसिंह राजवंशीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल पराजुलीले गरेका थिए।