बिर्तामोड । तपाईं आफ्नो जन्मदिन कहाँ र कसरी मनाउनुहुन्छ ? ठूला तारे होटलमा साथीभाईहरुलाई भव्य भोज र मदिरा पार्टी दिएर रमाइलो गरेर मनाउनु हुन्छ होला । पछिल्लो समय यस्तै गरेर जन्मदिन मनाउने चलन बढ्दो छ । यस्तोमा अझ युवापुस्ता सक्रिय छन् ।
तर, सबै युवा यस्ता छैनन् । कुनै युवा जन्मदिनको नाममा गरिने फजुल खर्चले सामाजिक कार्य गरेर आफ्नो जन्मदिन मनाउन थालेका छन् । यिनै मध्ये एक युवा रितेशकुमार ठटालले झापाको विर्तामोड – ४ मा रहेको तारा नमस्ते बालग्राममा आफ्नो जन्मदिन मनाएका छन् ।
बिर्तामोड ६ सुगम शान्तीटोल निवासी ठटालले आफ्ना साथीभाईहरुसंग होटल तथा रेष्टुरेन्टमा रमाइलो गरेर जन्मदिन मनाउन छोडेर तारा नमस्ते बालग्राममा आश्रित अभिभावकविहीन बालबालिकाहरुलाई खाना खुवाएर उनीहरुसंग खुशीयाली साटासाट गरेर आफ्नो २४ औं जन्मदिन मनाएका हुन् ।
अभिभावकविहीन बालबालिकाको सारथी बनेको तारा नमस्ते बालग्राममा आफ्ना बुबा किरण ठटालसंगै पुगेका उनले तारा नमस्ते बालग्राममा आश्रित अभिभावकविहीन बालबालिकाहरुलाई खाना खुवाएका थिए ।
जन्मदिनमा फजुल खर्च गरिने कार्यलाई निरुत्साहित गर्दै आफ्नो जन्मदिन तारा नमस्ते बालग्राममा आश्रित अभिभावकविहीन बालबालिकाहरुसंग मनाएको बताउँदै उनले यसरी जन्मदिन मनाउँदा आफूलाई आनन्द आउने जनाए ।
ठूला तारे होटलमा साथीभाईहरुलाई भव्य पार्टी दिएर जन्मदिन मनाउँदा क्षणिक आनन्द आउने भएपनि तारा नमस्ते बालग्राममा आश्रित अभिभावकविहीन बालबालिकाहरुसंग जन्मदिन मनाउँदा यसले आफूलाई जीवनभर खुशी दिने उनको भनाई छ ।
जन्मदिनमा गरिने फजुल खर्च कटाएर आफ्नै गाउँमा पवित्र भावनाका साथ स्थापित तारा नमस्ते बालग्राममा आश्रित अभिभावकविहीन बालबालिकाहरुसंग जन्मदिन मनाएकोमा उनका बुबा किरण ठटालले खुशी व्यक्त गरेका छन् ।
गत बैशाखमा आफ्नो जन्मदिन बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घर बृद्धाश्रममा रहेका ३९ वृद्धवृद्धालाई एक छाक खाना खुवाएर मनाएको बताउँदै उनले आफ्ना सन्तानलाई पनि सानै उमेरदेखि सामाजिक कार्यमा अग्रसर गराउनुपर्ने जनाए ।
जन्मदिनको नाममा फजुल खर्च गर्ने प्रवृत्तिले समाजमा विकृति वढेको वताउंदै ठटालले यसलाई निरुत्साहित गर्नुपर्ने जनाए ।
तारा नमस्ते बालग्रामकी व्यवस्थापक यसोदा पोखरेल चापागाईंले तारा नमस्ते बालग्राममा आश्रित अभिभावकविहीन बालबालिकाहरुसंग जन्मदिन मनाएकोमा बुबा किरण र छोरा रितेश ठटाललाई धन्यबाद दिएकी थिइन् ।
तारा नमस्ते बालग्रामकी व्यवस्थापक यसोदा पोखरेल चापागाईं तथा तारा नमस्ते बालग्राममा आश्रित अभिभावकविहीन बालबालिकाहरुले जन्मदिन मनाउने रितेशकुमार ठटाललाई दीप प्रज्जवलन गरी संस्कृतको श्लोकद्वारा जन्मदिनको शुभकामना दिएका थिए ।
तारा नमस्ते बालग्रामकी व्यवस्थापक यसोदा पोखरेल चापागाईंले दाताहरुको सहयोगबाट नै बालग्राम सञ्चालन गरिरहेको बताउँदै जन्मदिन मनाउन गएका रितेशलाई खदा लगाएर सम्मान समेत गरेकी थिइन् ।
२०६९ मा स्थापना भएको तारा नमस्ते बालग्रामले तत्कालिन चाइल्ड फ्युचर नामक अनाथ आश्रमबाट विचल्ली भएका अभिभावकविहीन वालवालिकाहरुलाई उद्धार गरी पालनपोषणसहित निःशुल्क शिक्षाको व्यवस्था मिलाएको बताउँदै व्यवस्थापक चापागाईंले स्थानीय समाजसेवी गुरुप्रसाद ओझाले १ कठ्ठा र शिक्षासेवी गुरुभक्त न्यौपानले ५ धुर र सरकारका विभिन्न तह र दाताहरुको सहयोगमा ३ कठ्ठा ५ धुर जमिनमा १७ कोठाको तीन तले व्यवस्थित भवन निर्माण गरी २८ जना अभिभावकविहीन वालवालिकाहरु आश्रित रहेको जानकारी दिइन् ।
आफ्ना २ जना बच्चालाई स्याहार्न नसकिरहेको अवस्थामा अभिभावकविहीन २८ जना बालबालिकालाई वोर्डिङ स्कुलमा पढाएकोमा सबैले व्यवस्थापक चापागाईंको प्रशंसा गरेका छन् ।




















