बिर्तामोड। साहित्य चौतारी विर्तामोड झापा नेपालले बिहीबार मासिक सांगीतिक काव्यसभासहित अङ्ग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान , कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्ती, तमु ल्होसार पर्व, खिचडी खाने तथा राष्ट्रिय टोपी दिवस एकैसाथ मनाएको छ।
बिर्तामोडस्थित  होटल हिकोला हेरिटेजको साहित्य चौतारी सङ्गीत सभाहलमा एकैसाथ ती कार्यक्रम सम्पन्न गरिएको हो।
  साहित्य चौतारी विर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेश अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा शिक्षासेवी , सम्मानित व्यक्तित्व शनिश्चरे क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहनप्रसाद ओलीको प्रमुख आतिथ्यमा र साहित्य चौतारी विर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको उपाध्यक्ष हिम्मत नेम्वाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा साहित्य चौतारी विर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेश अध्यक्ष देवीभक्त श्रेष्ठले औचित्यमाथि प्रकाश पार्दै कवि शिरोमणि  लेखनाथ पौड्यालको ‘काल महिमा’ कविता वाचन गरेका थिए ।
प्रमुख अतिथि शिक्षासेवी मोहनप्रसाद ओलीले व्यानर वाचन तथा कवि शिरोमणि लेखनाथ पौड्यालको तस्विरमा माल्यार्पण गरी सुरु भएको कार्यक्रममा  संस्थाका सल्लाहकार  तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेश सल्लाहकार संयोजक अनिरुद्र ओलीले राष्ट्रकवि माधव घिमिरेको रचना र नातीकाजीको सङ्गीत रहेको ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !’ बोलको गीत गाएर साङ्गीतिक कार्यक्रमको शुभारम्भ गरेका थिए।
कार्यक्रममा साहित्य चौतारी विर्तामोड झापा नेपालका सल्लाहकार विनोद खनालले कवि शिरोमणि लेखनाथ पौड्यालको जीवनी , नयाँ वर्ष–२०२६, राष्ट्रिय टोपी दिवस, खिचडी खाने परम्परा तथा तमु ल्होसारलगायतको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।
कार्यक्रममा साहित्य चौतारी विर्तामोड झापा नेपालका मानार्थ सल्लाहकार पुण्यप्रसाद खरेल, सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, पूर्व अध्यक्ष केशब आचार्य, निवर्तमान अध्यक्ष हस्त परियार, राजकुमार पोखरेल लगायतले साहित्य चौतारीले गरेको कार्यको प्रशंसा गर्दै कवि शिरोमणि लेखनाथ पौड्यालको जीवनी , नयाँ वर्ष–२०२६, राष्ट्रिय टोपी दिवस, खिचडी खाने परम्परा तथा तमु ल्होसारलगायतको बारेमा धारणा राखेका थिए।
आर्ट स्टुडियो नौमती बाजा महिला समूहका रूद्रप्रसाद ओलीले बाँसुरीबाट मिठो लोकधून सुनाएको कार्यक्रममा सप्तक संगीत विद्यालयका संस्थापक संगीत गुरू सरोज वत्सले ‘ यो मेरो टोपी !’ बोलको टोपीसम्वन्धी गीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा  गायक आदित्य अधिकारी, पूर्व उपाध्यक्ष लीला अनमोल,  बाल कलाकारद्वय रचित बस्नेत र रुस्बु बस्नेतले गीत गाएर सुनाएका थिए ।
कार्यक्रममा  पूर्व अध्यक्ष  केशव आचार्य, पूर्व उपाध्यक्ष कृष्ण सुवेदी निराकार,  प्रथम मासिक सांगीतिक काव्यसभाका बिजेता साहित्यकार प्रमोद दाहालले कविता , गजल प्रस्तुत गरेका थिए  ।
प्रमुख अतिथि  ओलीले कवि शिरोमणि लेखनाथ पौड्यालको तरुण तपसीको छोटो टिप्पणीमूलक धारणासहित मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा सहभागीलाई  खिचडी, खिर तथा सेलरोटी  खुवाइएको  थियो ।
कार्यक्रमको सञ्चालन साहित्य चौतारी विर्तामोड झापा नेपाल तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।