बिर्तामोड । न्यू भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष गायत्रीप्रसाद मैनालीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाकी उपाध्यक्ष विपिना पाठकले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा सहकारी विज्ञ डिल्ली दाहाल, संस्थाका निवर्तमान अध्यक्ष रोशन सुवेदी, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव कुशल खतिवडा , झापा जिल्ला सहकारी संघका सदस्य युवराज गौतमलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष मैनालीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाको शेयर पूॅजी एक करोड ५३ लाख रूपैयाँ, निक्षेप ६ करोड ५३ लाख रूपैयाँ, ऋण लगानी करोड ९२ लाख रूपैयाँ, आम्दानी एक करोड ८ लाख ४० हजार रूपैयाँ, खर्च एक करोड ५ लाख ३० हजार रूपैयाँ, कर अघिको नाफा ३ लाख ५ हजार रूपैयाँ रहेको अध्यक्ष मैनालीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा ज्येष्ठ शेयर सदस्य कमला जोशी, उत्कृष्ट कर्मचारीतर्फ मुना नेपाली र पद्मा प्याकुरेल बराल,उत्कृष्ट सदस्य अर्पणा घिमिरे, चक्रकुमार रणपहेली, यामनाथ खरेल, रमकप्रसाद राजवंशी, पुजा रानामगर, पवित्रा क्षेत्री, भूपेन्द्र राई, संगिता लिम्बूलगायतलाई सम्मान गरिएको थियो।
लेखा सुपरीवेक्षण समितिका संयोजक जीवनकुमार खनालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव शार्दुलहाङ ओलीले गरेको लेखापाल सुनिता चापागाईंले जानकारी दिइन्।




















