बिर्तामोड। वीरता लेडी जेसीज बर्ष २०२६ को अध्यक्षमा मुना अधिकारी ढुङगेल चयन भएकी छिन्।
वीरता लेडी जेसीजको २२ औं वार्षिक साधारण सभा तथा २१ औं शाखा अधिवेशनले ढुङ्गेलको अध्यक्षतामा वीरता लेडी जेसीज बर्ष २०२६ को नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। वीरता लेडी जेसीज बर्ष २०२६ को कार्यकारिणी उपाध्यक्षमा अस्मिता राई कुरुम्बाङ, कविता ओलि मैनाली ,उपाध्यक्षहरूमा पार्वता श्रेष्ठ, तारा रिजाल, निकिता अग्रवाल, दिक्षा कडरिया, महासचिवमा चन्द्रकला रिजाल भट्टराई, कानुनि सल्लाहकार कोपिला पोख्रेल,
कोषाध्यक्ष एलिना रिजाल, सह सचिव तारा बस्नेत, जनसम्पर्क अधिकारी हेलेन खरेल ,शाखा सम्पादक भावना बस्नेत र तालिम आयुक्तमा अन्जलि शाह रहेको निर्वाचन अधिकृत वीरता लेडी जेसीज बर्ष २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन्।
वीरता लेडी जेसीजका अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा नेपाल जेसीज बर्ष २०२६ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष क्षेत्र 'क' साथै वीरता लेडी जेसीजका लागी निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष योगेश राजवंशीको प्रमुख आतिथ्यमा वीरता लेडी जेसीजको २२ औं वार्षिक साधारण सभा तथा २१ औं शाखा अधिवेशन सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् जेसीआई सिनेटर कैलाश खाकी श्रेष्ठले उम्मेदवार प्रशिक्षण प्रदान गरेका थिए।
उनले सहभागीहरुलाई नेतृत्व विकास, संस्थागत सुदृढीकरण र सामाजिक उत्तरदायित्वका विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा प्रमुख अतिथी राजवंशी, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष जेसीआई सिनेटर शारदा ढकाल रिजाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मुना अधिकारी ढुङ्गेलले संस्थालाई अझ सशक्त, सक्रिय र समाजमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै महिला नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक सेवामा निरन्तर लागिरहने बताइन् ।
कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने प्रमुख अतिथि, अतिथिहरू, प्रशिक्षक, सदस्य तथा सहभागी सबैप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा वीरता लेडी जेसीजका पदाधिकारी,पूर्व अध्यक्षहरु, मानार्थ सदस्यहरु, तथा सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायाले गरेकी थिइन्।




















