बिर्तामोडझापाको बिर्तामोड ३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको ६८ औं बार्षिकोत्सव सम्पन्न भएको छ।
   बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षता तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक केशव प्रसाईंले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विद्यार्थीहरूले स्वागत गीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा महेन्द्ररत्न माध्यमिक विद्यालयका स्काउट बिद्यार्थीहरुले राष्ट्रिय झण्डाप्रति सम्मान प्रकट गर्नुका प्रमुख अतिथि तथा अतिथिहरूलाई सलामी अर्पण गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले बिद्यालयको गतिविधिसहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
  कार्यक्रममा विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । डाक्टर लक्ष्मीप्रसाद मैनालीद्वारा आफ्‌ना अग्रजको स्मृतिमा स्थापित रामप्रसाद मैनाली (गाउँ बुढा), विश्वेश्वरा , खेम स्मृति पुरस्कारबाट कक्षा८ मा ४ जिपिए ल्याउने पुज्यता सुवेदी , ३.९७ जिपिए ल्याउने आरुसी प्रसाई र ३.९४ जिपिए ल्याउने प्रतिष्ठा पौडेललाई पुरस्कृत गरिएको थियो भने  सुरेश पाठक स्मृति पुरस्कारबाट एसइइमा ४ जिपिए ल्याउने विद्या भट्टराई ,कक्षा १२ मा ३.७४ जिपिए ल्याउने आयुस पौडेललाई पुरस्कृत गरिएको थियो  ।
   त्यस्तै वर्ष उत्कृष्ट खेलाडीमा छात्रा भूमिका कालिकोटे र छात्र आयुस शिवाकोटीलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट शिक्षकको रुपमा मावितर्फ तुलसीराम खरेल , निमावितर्फ पुष्पलाल आचार्य , आधारभूत तहतर्फ सन्तोष पोखरेल र उमाकुमारी राजवंशी तथा बाल शिक्षक गीता काफ्‌लेलाई पुरस्कृत गरिएको थियो  । त्यस्तै दीर्घसेवी सम्मान शिक्षक शान्ता चुडाललाई प्रदान गरिएको थियो बिदाई हुने शिक्षक तुलसा सिटौलालाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै महेन्द्र रत्न तारा सिजन ३ का विजेता सन्दीप गुरुङ , फस्ट रनरअप किस्मत रिजाल र सेकेन्ड रनरअप गौरव मालेलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका अक्षयकोष दाता,प्रवेशद्वार निर्माण ,चिसो खानेपानी आउने फिल्टर जडान गर्नेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे , बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख कुमार बस्नेत , नेपाल बक्सिङ संघका भोजराज सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
  विद्यार्थीहरूले गीत, नृत्यलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रमको संचालन शिक्षकहरु तुलसीराम खरेल र भोजराज दाहालले गरेका थिए ।