बिर्तामोड। नेपाल मगर संघ नगर समिति बिर्तामोडको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति झापाको व्यवस्थापनमा बिर्तामोडमा माघे सङ्क्रान्ति तथा नयाॅ बर्ष  मिनाम ल्हेस ५०१९ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर संघ नगर समिति बिर्तामोडका अध्यक्ष कर्ण सारूको अध्यक्षता तथा प्रतिनिधीसभाकी उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  उपाध्यक्ष सुनिता सारूले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा  प्रमुख अतिथी  रानामगर, प्रदेश सांसद कमला थापामगर, समाजसेवी  लोकबन्धु कन्दङ्वा,  नेपाल मगर संघ झापा अध्यक्ष विकास थापा,  पूर्व अध्यक्ष शिवम् सोराली मगर , नेपाल  आदिवासी जनजाती महासंघ बिर्तामोड नगर अध्यक्ष दीपेन्द्र  चौधरी ,  नेपाल मगर संघ झापा महिला संघ अध्यक्ष सुस्मा रानामगरलगायतले  शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा मगर समाजमा महत्वपूर्ण योगदान पुर्‍याउने चन्द्र रानामगर लाफा, निरज मगर, ई .रमेश मगर , डा.अस्मी राणा, स्मृति मगर, मेनुका मगर, प्रिती मगरलगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा हुर्रा , कौडा, सालेजुं, गीत, झ्याउरेलगायत मगर समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
कार्यक्रमको सञ्चालन मेनुका पूर्वछाने मगर र डेविड थापामगरले गरेका थिए।