बिर्तामोड ।  सोदुङ्गे लेप्सुहाङ फेदाङमा जानपा संघ केन्द्रीय समितिको आयोजनामा कनकाई माईधारमा लिम्बु समुदायको नयाँ वर्ष कक्फेवा तङनाम तथा माघे संक्रान्ति पर्व मनाइएको छ ।
सोदुङ्गे लेप्सुहाङ फेदाङमा जानपा संघ केन्द्रीय समितिका अध्यक्ष दलबहादुर योङहाङको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन थोप्राको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चन्द्र बहादुर योङ्याले स्वागत गरेका थिए ।
कार्यक्रममा धर्मशाला निर्माणमा सहयोग पुर्‍याउने पूर्णबहादुर मेन्याङ्वो ,  जीतकुमार  मेन्याङ्वो, दीलसिंह  मेन्याङ्वोलगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा धर्मशाला निर्माणमा सहयोग पुर्‍याउने सम्मानित व्यक्तित्व पूर्णबहादुर मेन्याङ्वो , पूर्व साँसद तारा सम याङया, विष्णुभक्त केरूङलगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा लिम्वू संस्कार सम्वन्धी  हाक्पारे, ख्याली, नृत्य , युमा साम्यो , येवा ग्रुपको प्रस्तुती लगायत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सोदुङ्गे लेप्सुहाङ फेदाङमा जानपा संघ केन्द्रीय सदस्य तथा  झापाका सचिव दलबहादुर येङदेन लिम्वूले गरेको केन्द्रीय शाखा कार्यालय झापा सहसचिव केवी लिम्बूले जानकारी दिए।