बिर्तामोड । किराँत धर्म तथा साहित्य उत्थान संघ झापा तथा किराँत खिजोलुङ जिल्ला माङहिमले १५ औं कक्फेवा तङनाम २०८२ येले तङ्वे ५०८६ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
किराँत धर्म तथा साहित्य उत्थान संघ झापा तथा किराँत खिजोलुङ जिल्ला माङहिमका अध्यक्ष लक्ष्मीप्रसाद योङहाङको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन थोप्राको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहसचिव क्याप्टेन हर्क एक्तेनले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी थोप्रा, देउकुमार थेवे , शिवसताक्षी १ का वडाध्यक्ष, लक्ष्मीप्रसाद चेम्जोङ , किराँत खिजोलुङ जिल्ला माङहिमका अध्यक्ष भवानीविक्रम सेलिङ, दोमुखा धार्मिक पर्यटन बिकास संस्थाका पूर्व अध्यक्ष धनप्रसाद लावती, किराँत याक्थुङ चुम्लुङ शिवसताक्षी नगर अध्यक्ष बीरवल जवेगूलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
राष्ट्रिय गायिका गंगा फियाकले पालम गाएको कार्यक्रममा लिम्बू संस्कार सम्वन्धी हाक्पारे, पालम,धान नाच लगायत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा संस्थालाई महत्वपूर्ण योगदान पुर्याउने १५ जनालाई सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन किराँत धर्म तथा साहित्य उत्थान संघ झापाका सहसचिव बिचारसिंह लावतीले गरेको सचिव चन्द्र साँवाले जानकारी दिए।




















