बिर्तामोड। नेपाल मगर संघ जिल्ला समिति झापाको आयोजनामा माघे सङ्क्रान्ति तथा नयाॅ बर्ष  मिनाम ल्हेस ५०१९ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
   मगर समुदायको राष्ट्रिय गीत प्रस्तुत गरेको कार्यक्रममा नेपाल मगर संघ जिल्लासमिति झापाका  अध्यक्ष विकास थापा मगरको अध्यक्षता तथा नेपाल मगर संघ जिल्लासमिति झापाका निवर्तमान अध्यक्ष  गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिवसताक्षी नगर सचिव दलबहादुर खपाङ्गीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
   कार्यक्रममा प्रमुख अतिथी थापा, यसोधरा गुम्बा शिवसताक्षी १० का अध्यक्ष मनबहादुर थापामगर, नेपाल मगर संघको पूर्व केन्द्रीय सदस्य सुन्दर क्याप्छाकी मगर, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय सदस्य नितु क्याप्छाकी मगरलगायतले  शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा  हुर्रा , कौडा, झ्याउरेलगायत मगर समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
    यसोधरा गुम्बा शिवसताक्षी १० को व्यवस्थापनमा भएको कार्यक्रमको सञ्चालन  नेपाल मगर संघ जिल्लासमिति झापाका सचिव अम्बर थापा मगर र दलबहादुर खपाङ्गीले गरेका थिए।