बिर्तामोड। झापाको बिर्तामोडमा ईलिका ब्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ।
बिर्तामोड २ चारपाने निवासी निशा कन्दङ्वाले करीब ६० लाख रूपैयाँ भन्दाबढीको लगानीमा बिर्तामोड भद्रपुररोडमा ईलिका ब्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकी हुन्।
वैदेशिक रोजगारको शिलशिलामा पाॅच बर्षभन्दा बढी समय युएईमा बिताएकी निशाले त्यहाँ सिकेको ब्युटीपार्लरसम्बन्धी सिपलाई सदुपयोग गर्दै स्वदेशमा ईलिका ब्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको बताइन्।
१० बर्षभन्दा वढी ब्युटीपार्लरसम्बन्धी अनुभव हासिल गरी आफू दक्ष बनेर ईलिका ब्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको बताउँदै उनले स्वरोजगारमुलक ब्युटीपार्लरसम्बन्धी सीप प्रदान गर्ने जनाइन्।
ईलिका ब्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरमा ब्युटीपार्लरसम्बन्धी सम्पूर्ण कार्य, नेल्स, हेयर , आईल्यासेस एक्सटेन्सन र मसाजलगायतको सेवा सर्वसुलभ दरमा उपलब्ध गराउने उनले बताइन्। उद्घाटनको अवसरमा एक महिनासम्म सम्पूर्ण सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएकाले ईलिका ब्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरमा आएर सेवा लिन उनले सबैलाई आग्रह गरिन्।
हाल पांच जना कर्मचारीलाई रोजगार समेत प्रदान गरेको बताउँदै उनले ब्युटीपार्लरसम्बन्धी सीप प्राप्त गरी विदेश जान चाहनेलाई दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइने र इन्टरनेशनल ब्युटी प्रोडक्ट समेत बिक्री गर्ने बताइन्।
यसैबीच एक कार्यक्रमका बीच ईलिका ब्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले उद्घाटन गरेका थिए।
ईलिका ब्युटी लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका निशा कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, सामाजिक व्यक्तित्व तथा राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर सचिव सृजन अधिकारी , लायन्स क्लब अफ अनारमनीका अध्यक्ष सरोज खरेल, लायन्स क्लबको जोन चियर पर्सन शर्मिला जोशीलगायतले सफलताको शुभकामना दिएका थिए।
कार्यक्रमको सञ्चालन सामाजिक व्यक्तित्व हेमन्त पाण्डेले गरेका थिए।




















