बिर्तामोड। नेपाल भेनियर उत्पादक संघ केन्द्रीय समितिको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको  छ ।  
  नेपाल भेनियर उत्पादक संघका केन्द्रीय अध्यक्ष श्यामकुमार न्यौपानेको अध्यक्षता तथा संस्थाका पूर्व अध्यक्ष तथा कोशी प्रदेशका पूर्व  खानेपानी  सिञ्चाई  तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा  संस्थाका बरिष्ठ उपाध्यक्ष दिनेश शाक्यले स्वागत गरेका थिए।
   कार्यक्रममा संस्थाको गत आठौं अधिवेशन तथा १२ औं बार्षिक साधारण सभामा रिक्त रहेको नेपाल भेनियर उत्पादक संघको  महासचिवमा लीलाकुमार न्यौपाने , सचिवमा सञ्जय शाह  र सदस्यहरुमा विगेश प्रधान, दोमप्रसाद राईलाई मनोनित गरिएको थियो।
   कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्कीले भेनियर उत्पादक ब्यवसायीहरूको समस्या समाधानका लागी आफू लागीपर्ने बताए ।
कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का , नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य ऋषीराज तिम्सिना,    नेपाल प्लाईउड उत्पादक संघका केन्द्रीय सचिव दिनेश चापागाई, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ख्यामराज प्रसाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा नेपाल भेनियर उत्पादक संघमा आबद्ध चार जना नयाँ उद्योगीलाई  सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो।
   कार्यक्रममा नेपाल भेनियर उत्पादक संघका केन्द्रीय अध्यक्ष श्यामकुमार न्यौपानेले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अञ्जनीकुमार चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
  सामूहिक बनभोजसहित आयोजना गरिएको कार्यक्रमको सञ्चालन  संस्थाका बरिष्ठ उपाध्यक्ष दिनेश शाक्यले गरेको कार्यालय सचिव अच्युत घिमिरेले जानकारी दिए ।