बिर्तामोड। कटुवाल कल्याण कोष झापा जिल्ला समिति अर्जुनधारा ६ को तेस्रो बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ।
   कटुवाल कल्याण कोष झापा जिल्ला समितिका अध्यक्ष रामबहादुर कटुवालको अध्यक्षता तथा चुडाल बन्धु कल्याण केन्द्रीय समिति अध्यक्ष गोपाल चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सदस्य रत्नबहादुर कटुवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर कटुवालले औचित्यसहित बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
   उनले कटुवाल बन्धुको हकअधिकारका लागि तथा असहाय कटुवाल बन्धुहरूलाई सहयोग गर्न २०७५ साल जेठ १५ गते कटुवाल कल्याण कोष झापा जिल्ला समिति अर्जुनधारा ६ को स्थापना गरेको बताए। कोषमा हालसम्म ११ लाख ९० हजार रूपैयाँ, आजीवन सदस्य १ सय १८ जना, साधारण सदस्य २२ जना रहेको प्रतिवेदनमा उल्लेख छ।
    कोषका अध्यक्ष रामबहादुर कटुवालले २०७९ पुस २७ गतेदेखि आफ्नो जन्मदिनको अवसरमा दैनिक पाँच रूपैयाँले बार्षिक रकम १ हजार ८ सय २५ रूपैयाँ प्रदान गरिरहेको बताउँदै उनले अरूहरूलाई समेत त्यस्तो कार्य गर्न आग्रह गरे।
   कार्यक्रममा कटुवाल वंशवाटिकाका अध्यक्ष मित्रबहादुर कटुवाल, पर्शुराम कटुवाल , कृष्ण कटुवाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रममा कोषका दिवंगत आजीवन सदस्यका श्रीमतीहरू टेकमाया कटुवाल, सविता खुलाल कटुवाल, सरस्वता कटुवाल, उत्कृष्ट दाता उदयबहादुर कटुवाललाई सम्मान गरिएको थियो।
  कार्यक्रममा उदयपुर जिल्ला चौदण्डी नगरपालिका १५ निवासी आगलागीपीडित महाबीर कटुवाललाई घर आगलागी सहयोग बापत १ लाख १२ हजार २ सय ३१ रूपैयाँ हस्तान्तरण गरिएको  थियो।
   कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष डम्बरबहादुर कटुवालले गरेका थिए।

  यसैबीच डम्बरबहादुर कटुवालको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमितिको गठन  गरिएको छ।
  नवगठित समितिको उपाध्यक्षमा अजित कुमार कटुवाल , सचिवमा टंकबहादुर कटुवाल  र सहसचिवमा रत्नबहादुर कटुवाल ,कोषाध्यक्षमा मानबहादुर कटुवाल  र सह–कोषाध्यक्षमा निर्मला कटुवाल रहेका छन् ।
   त्यस्तै सदस्यहरूमा उदयकुमार कटुवाल , जितबहादुर कटुवाल , टेकमान कटुवाल, सुभद्रा कटुवाल संग्रौला, गोविन्द कटुवाल , इन्द्रप्रसाद कटुवाल कटुवाल वंश बाटिका प्रतिनिधि तथा संस्थापक सदस्य रामबहादुर कटुवाल रहेका  छन् ।
   त्यसैगरी साधारण सभाले  गुणराज कटुवालको संयोजकत्वमा अनलाइन समिति गठन गरेको छ।

  समितिको  सदस्य–सचिवमा अमर कटुवाल र सदस्यहरूमा बिनुमाया कटुवाल, रामबहादुर कटुवाल, टंकबहादुर कटुवाल, धुर्वबहादुर कटुवाल, धनबहादुर कटुवाल, डम्बरबहादुर कटुवाल, केदारबहादुर कटुवाल, कृष्णबहादुर कटुवाल र कुलराज कटुवाल रहेका छन्।