बिर्तामोड । बगाले श्रेष्ठ बंशावली सेवा समिति जिल्ला कार्यसमिति झापाको १५ औं वार्षिक साधारण सभा तथा  पाॅचौं झापा जिल्ला अधिवेशन सम्पन्न भएको छ।
   संस्थाका अध्यक्ष दिनेश  श्रेष्ठको अध्यक्षता तथा श्रेष्ठ बंशावली सेवा समितिका केन्द्रीय अध्यक्ष गंगाबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जीवन  श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा संस्थाका अध्यक्ष संस्थाका अध्यक्ष दिनेश  श्रेष्ठले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
   कार्यक्रममा प्रमुख अतिथी गंगाबहादुर , बगाले श्रेष्ठ बंशावली सेवा समितिका केन्द्रीय उपाध्यक्ष नारायण  श्रेष्ठ, नेपाली सेनाका सहायक रथी मणीकुमार श्रेष्ठ, नेवा: मिशा पुच: बिर्तामोड नगर अध्यक्ष निलम प्रधानलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा ७० बर्ष नाघेका नेवार समुदायका ज्येष्ठ नागरिकहरू  प्रजापति श्रेष्ठ, जीवन श्रेष्ठ, जसोदा श्रेष्ठ, भुवानी श्रेष्ठ, डिल्लीप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, हरिमाया श्रेष्ठ,  धनमाया श्रेष्ठ, विष्णुमाया श्रेष्ठ, गंगाबहादुर श्रेष्ठ , कृष्णकुमार श्रेष्ठ, ईन्द्रमाया श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, खड्गबहादुर श्रेष्ठ, जानुका श्रेष्ठ, मनकुमारी श्रेष्ठ , कर्ण कुमार श्रेष्ठ, देवीमाया श्रेष्ठ, प्रिथमाया श्रेष्ठ, शहरमान श्रेष्ठ, जङ्गबहादुर श्रेष्ठ, गोकुल श्रेष्ठ, जीवनारायण श्रेष्ठ, सुकुमार प्रधानसहित २३ जनालाई नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा  रूपेश श्रेष्ठ, जोश्ना श्रेष्ठ , श्रीनारायण श्रेष्ठ र रत्नकुमार श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
   साधारण सभाको बन्दसत्रले हेमकुमार श्रेष्ठको अध्यक्षतामा नयाँकार्यसमिति गठन गरेको छ।

समितिको उपाध्यक्ष खगेन्द्र श्रेष्ठ, सचिव खेम श्रेष्ठ, सहसचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ रहेका छन्।

त्यस्तै सदस्यहरूमा देवेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, प्रियंका श्रेष्ठ,उमा श्रेष्ठ ,देवीकुमार श्रेष्ठ,झुमा श्रेष्ठ रहेका छन्। 

कार्यक्रमको सञ्चालन सचिव हेमकुमार श्रेष्ठले गरेका थिए।