बिर्तामोड। हात्तीपाईले रोगविरूद्दको आम औषधी सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठनका रबिन्द्र खनीयाले यसपटक झापाका ६ वटा पालिकामा हात्तीपाईले रोगविरूद्दको आम औषधी सेवन अभियान सञ्चालन गरिने बताए।
उनले झापाको ६ वटा पालिका अर्जुनधारा, बाह्दशी, कनकाई, झापा, कचनकवल र हल्दीबारीमा १ प्रतिशतभन्दा बढी माइक्रो फाइलेरिया हात्तीपाईले रोगको जिवाणु भेटीएको बताउँदै ती पालिकामा १४ औं चरणको हात्तीपाईले रोगविरूद्दको आम औषधी सेवन अभियान सञ्चालन गरिने जनाए।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले झापाका १५ पालिकामध्ये ६ वटा पालिकामा हात्तीपाईले रोगको जोखिम बढेकाले हात्तीपाईले रोगविरूद्दको आम औषधी सेवन अभियान सञ्चालन गरिएको बताए।
ती पालिकाहरूमा ८ गतेदेखि हात्तीपाईले रोगविरूद्दको आम औषधी सेवन अभियान सञ्चालन गरिएको र दुईसातासम्म अभियान सञ्चालन गरिने उनले जानकारी दिए।
कार्यक्रममा नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईं, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, स्वास्थ्य सेवा बिभाग महामारी तथा रोग नियन्त्रण महाशाखाका राम रोका , स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासलगायतले हात्तीपाईले रोगविरूद्दको आम औषधी सेवन अभियान सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले गरेका थिए।




















