बिर्तामोड। राजवंशी समाज विकास समिति बिर्तामोड नगर समितिको अध्यक्षमा पुन: सिरतलाल राजवंशी ‘सुमन’ चयन भएका छन्। रासविस बिर्तामोड नगरसमितिको चौथो अधिवेशनले सिरतलालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्ष गङ्गालाल राजवंशी, महिला उपाध्यक्ष धनसरी राजवंशी, सचिव बालकृष्ण राजवंशी, सहसचिव झलकसिंह राजवंशी, कोषाध्यक्ष सावित्रा राजवंशी रहेका छन्।
त्यस्तै सदस्यहरुमा प्रदिपकुमार राजवंशी , रञ्जित राजवंशी, पूर्णप्रसाद राजवंशी , भरत राजवंशी , किरणकुमार राजवंशी , पाव्नी राजवंशी , उदिप राजवंशी रहेका छन्।
राजवंशी समाज विकास समिति बिर्तामोड नगर अध्यक्ष सिरतलाल राजवंशी ‘सुमन’ को अध्यक्षता तथा बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहसचिव झलकसिंह राजवंशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा रासविस केन्द्रीय सल्लाहकार पानीलाल राजवंशी, राजवंशी विकास प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरेन राजवंशी, रासविस वडा नं ५ अध्यक्ष अञ्जु राजवंशी, आदीवासी जनजाती महासंघ बिर्तामोड नगर अध्यक्ष दीपेन्द्र चौधरीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष सिरतलाल राजवंशी ‘सुमन’ले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सावित्रा राजवंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन रासविस बिर्तामोड नगर सचिव बालकृष्ण राजवंशीले गरेका थिए।


















