बिर्तामोड। डा.प्रियन्काज क्लिनिक बिर्तामोडको तेस्रो बार्षिकोत्सव सम्पन्न भएको छ।
डा.प्रियन्काज क्लिनिक बिर्तामोडकी प्रवन्ध निर्देशक डा.प्रियन्का कटवालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा.प्रियन्काज क्लिनिक बिर्तामोडकी प्रवन्ध निर्देशक डा.प्रियन्का कटवालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्का, रेडियो बिराटकी प्रवन्ध निर्देशक लीला अनमोल र मेचीमहाकाली क्यान्सरपीडित साइकल यात्री नमिता वस्नेतलाई सम्मान गरिएको थियो। उनीहरुको सम्मान पत्र डा.पुष्पक रेग्मीले बाचन गरेका थिए।
कार्यक्रममा डा.प्रियन्काज क्लिनिकलाई सहयोग गर्ने कर्मचारीहरू तारा लिम्बू, गीता लिम्बू ,अपना तामाङ र कल्पना लिम्बूलाई कदर पत्र प्रदान गरिएको थियो भने अन्य कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा एडभान्स पेन स्पेयलिष्ट क्लिनिककी डा.निरु नेपाल, जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्का, रेडियो बिराटकी प्रवन्ध निर्देशक लीला अनमोल , मेचीमहाकाली क्यान्सरपीडित साइकल यात्री नमिता वस्नेतलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा क्रिसला खतिवडा, चन्द्रकला चौहान, बिमला राजवंशी, खुशी खत्रीलगायतले मनोरञ्जनात्मक सांगीतिक प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन पलाक्षी रेग्मीले गरेकी थिइन्।


















