बिर्तामोड। बरिष्ठ वालरोग बिशेषज्ञ डा. रविन रेग्मीले बिर्तामोडमा ‘डा. रबिन्स पेडियाट्रिक क्लिनिक’ सञ्चालनमा ल्याएका छन्।
मेची प्रादेशिक अस्पताल, कनकाई हस्पिटल, बिर्तामोड नगर अस्पताल, प्राञ्जल क्लिनिकलगायतमा बरिष्ठ वालरोग बिशेषज्ञको रूपमा सेवा दिँदै आउनेक्रममा अस्ट्रेलियाको सिड्नीमा रहेको एनयसडब्लु हेल्थ अन्तर्गतको हस्पिटलमा जागीर खान पुगेका डा.रेग्मीले त्यहाँको सिस्टम र ईन्फ्राटक्चरको उपयोग गर्दै बिर्तामोडमा ‘डा. रबिन्स पेडियाट्रिक क्लिनिक’ सञ्चालनमा ल्याएको बताए।
बालबालिकाको स्वास्थ्य उपचारलाई केवल रोग निको पार्ने प्रक्रियामा सीमित नराखी रोकथाम, नियमित निगरानी र समग्र विकाससँग जोड्ने अवधारणासहित बिर्तामोडमा ‘डा. रबिन्स पेडियाट्रिक क्लिनिक’ सञ्चालनमा ल्याएको बताउँदै उनले आधुनिक प्रविधिसहित तुलनात्मक रूपमा किफायती सेवा उपलब्ध गराउने लक्ष्य राख्दै बाल स्वास्थ्य क्षेत्रमा नयाँ अभ्यास सुरु गरिएको जानकारी दिए ।
बालबालिकाको शारीरिक तथा मानसिक विकासको नियमित अनुगमन, पोषण परामर्श, रोगको प्रारम्भिक पहिचान र रोकथाममुखी स्वास्थ्य सेवामा विशेष ध्यान दिएर उपचार केन्द्रित परम्परागत अभ्यासभन्दा अघि बढेर बालबालिकाको समग्र स्वास्थ्य अवस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउने लक्ष्य लिइएको उनको भनाई छ।
बिर्तामोडको पश्चिम बसस्टेण्डमा रहेको निशा कम्प्लेक्सको दोस्रो तलामा रहेको ‘डा. रबिन्स पेडियाट्रिक क्लिनिक’ मा नवजात शिशु तथा आमाको स्वास्थ्यलाई लक्षित गर्दै ल्याक्टेसन कन्सल्टेन्ट स्तनपान परामर्श सेवा समेत सञ्चालन गरिने बताउँदै डा.रेग्मीले स्तनपान गराउने सही तरिका, शिशुलाई दूध चुसाउने उपयुक्त अवस्था तथा प्रारम्भिक पोषणसम्बन्धी परामर्शमार्फत शिशुको स्वस्थ विकासमा योगदान पुर्याइने जनाए।
बाल स्वास्थ्य क्षेत्रमा अझै पनि धेरै अभिभावक उपचारका लागि मात्र अस्पताल पुग्ने प्रवृत्ति रहेको अवस्थामा रहेको ‘डा. रबिन्स पेडियाट्रिक क्लिनिक’ ले ‘फोकस अन प्रिभेन्टिभ हेल्थ’ अर्थात् रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने अवधारणालाई प्राथमिकता दिएको उनको भनाई छ।
नियमित स्वास्थ्य परीक्षण, वृद्धि विकासको निगरानी, खोप तथा पोषण व्यवस्थापनलाई सेवाको मुख्य आधार बनाएर ‘डा. रबिन्स पेडियाट्रिक क्लिनिक’ ले विश्व स्वास्थ्य संगठन डब्लुएचओ को वृद्धि मापदण्डअनुसार बालबालिकाको तौल, उचाइ र विकास अवस्थाको नियमित मूल्याङ्कन गर्ने व्यवस्था समेत मिलाएको र यसबाट बालबालिकामा कुपोषण, वृद्धि अवरोध वा अन्य स्वास्थ्य समस्या प्रारम्भिक चरणमै पहिचान गर्न सहज हुने अपेक्षा गरिएको उनको भनाई छ।
‘डा. रबिन्स पेडियाट्रिक क्लिनिक’ मा
‘होलिस्टिक एन्ड क्वालिटी पेडियाट्रिक केयर’ अर्थात् समग्र र गुणस्तरीय बाल स्वास्थ्य सेवा जसले शारीरिक उपचारसँगै पोषण, व्यवहार, विकास र पारिवारिक स्वास्थ्य शिक्षालाई समेत उपचार प्रक्रियासँग जोड दिइने उनले बताए।
भविष्यमा बाल स्वास्थ्य क्षेत्रमा थप विशिष्टीकृत सेवा विस्तार गर्ने दीर्घकालीन योजना ‘फ्युचर सुपरस्पेसियालिटी रोडम्याप’ अन्तर्गत बाल रोगका विभिन्न विशेषज्ञ सेवा, अनुसन्धान तथा तालिम केन्द्र स्थापना, आधुनिक डायग्नोस्टिक सुविधा विस्तार र उच्चस्तरीय बाल स्वास्थ्य सेवा विकासको लक्ष्य निर्धारण गरिएको उनको भनाई छ।
बाल स्वास्थ्य सेवामा बढ्दो आवश्यकता र अभिभावकको अपेक्षालाई ध्यानमा राख्दै गुणस्तरीय, पहुँचयोग्य र रोकथाममुखी स्वास्थ्य सेवा विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै डा. रेग्मीले बालबालिकाको स्वस्थ भविष्य निर्माणका लागी अस्ट्रेलियामा आफू वालरोग बिशेषज्ञको रूपमा काम गर्दा त्यहाँ सिकेको सीपलाई उपभोग गरिने बताए।
‘डा. रबिन्स पेडियाट्रिक क्लिनिक’ बाट
वालमैत्री क्लिनिक सेवा प्रदान गरिने बताउँदै उनले वालवालिकाहरूलाई खेल्दै उपचार गराउने जनाए।
विरामी वालवालिकाहरूलाई लामो अवधिसम्म पहिले परामर्श प्रदान गरेर उपचार गरिने बताउँदै उनले यसले विरामी चाँडै निको हुने जनाए।
आफूले नाफामूखी भन्दापनि सेवामूखी सेवा उपलब्ध गराउने बताउँछ डा.रेग्मीले एक पटक सेवा लिन सबैलाई आग्रह समेत गरे।




















