बिर्तामोड। ‘कोशी प्रदेश’ नाम खारेजिको माग गर्दै छ वटा राजनीतिक दल र ३४ वटा जातीय संघठनसहितको प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले आइतबार गरेको प्रदेशव्यापी बन्द आव्हान गर्ने क्रममा झापाको बिर्तामोडबाट प्रहरीले तीन जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।

बन्द आव्हान गर्ने क्रममा झापाको बिर्तामोडबाट जनता समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य गौरिमान राई , जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कुमार सामियो र लिम्वुवानका युवा नेता सामी पालुङ्वालगायतलाई प्रहरीले नियन्त्रण लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राईले जानकारी दिए ।

उनले वन्दकर्तालाई निःशर्त रिहा गर्न माग गरेका छन् ।